+
+

पुस मसान्तमा ४ बजेसम्मै राजस्व बुझाउन पाइने

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १४:४६

Tax३० पुस, काठमाडौं । पुस ३० गते राजस्व बुझाउनको लागि नेपाल राष्ट्र बैंकको कार्यालय ४ बजेसम्म खुल्ला हुने भएको छ । राजस्वको दोस्रो किस्ता बुझाउने अन्तिम दिन पुस मसान्त भएकोले अर्थमन्त्रालयको अनुरोधमा राष्ट्र बैंकले बैंकिङ समय थप गरेको हो ।

अर्थमन्त्रालयले २६ पुसमा राष्ट्र बैंकलाई पत्राचार गरी पुस मसान्तमा राजस्वको दोस्रो किस्ता बुझाउने अन्तिम दिन परेकोले बैंकिङ समय बढाउन अनुरोध गरेको थियो । मन्त्रालयको अनुरोध अनुसार कर बुझाउने प्रयोजनको लागि साविक कारोवार समय बढाएर ४ बजेसम्म पुर्याइएको राष्ट्र बैंकले जनाएको छ ।

‘पुस मसान्तको दिनमा आयकर लगायतका करहरु बुझाउने प्रयोजनको लागि साविक बमोजिमको बैंकिङ कारोवार समयलाई बृद्धि गरी यस बैंकको जिल्लास्थित कार्यालयहरुवाट दिनको ४ बजेसम्म नगद राजस्व तथा चेक ट्रान्सफरबाट राजस्व बुझिने ब्यवस्था मिलाइएको छ,’ राष्ट्र बैंकले जारी गरको सार्वजानिक सूचनामा भनिएको छ ।

सो दिन क्लियरिङ मार्फत राजस्व बुझाउनको लागि रेगुलर सेसनमा बैंकहरुवाट चेक पेश गर्ने समय बृद्धि गरी दिनको ३ बजेसम्म र चेक जवाफ पठाउने समय दिनको ४ बजेसम्म कायम गरिएको छ ।

राजस्व संकलनको कार्य सरकारी स्वामित्वका बैंकहरुवाट पनि हुने जानकारी राष्ट्र बैंकले दिएको छ । यसअघि राष्ट्र बैंकले मात्रै राजस्व लिने गरेको भएपनि गत १२ बैशाखको भूकम्प पछि सरकारी स्वामित्वका बैंकहरुवाट पनि यस्तो सेवा गर्न सकिने ब्यवस्था गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?