+
+

जाकार्तामा श्रृखलावद्ध विस्फोट, ६ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १०:४३

Jakarta-blast

३० पुस, काठमाडौं । इण्डोनेसियाको राजधानी जाकार्तामा बिहीबार श्रृखलावद्ध आक्रमण भएको छ । श्रृखलाबद्ध विस्फोट र गोलाबारीको घटनामा चार संदिग्ध आक्रमणकारीसहित ६ जनाको मृत्यु भएको छ ।

आक्रमणको निशाना थामरिन स्ट्रीट थियो, जहाँ ठूलो शपिङ सेन्टर छ । यहि इलाकामा राष्ट्रपति प्यालेस, संयुक्त राष्ट्रसंघको कार्यालय र विभिन्न देशका दूताबासहरु समेत छन् ।

प्रहरीका अनुसार आक्रमणमा मारिका मध्ये चार संदिग्ध आत्रलमणकारी छन् । तर, कसले आक्रमण गरेको भन्ने खुलेको छैन ।

इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आक्रमणको निन्दा गरेका छन् र मानिसहरुलाई शान्त रहन भनिएको छ ।

Jakarta-blast-1

अधिकारीहरुका अनुसार फायरिङ सुरु हुनासाथ प्रहरी पुगेको थियो । त्यसपछि श्रृखलावद्ध विस्फोट भयो र प्रहरीले आक्रमणकारीलाई पछ्याएको थियो ।

प्रहरीका अनुसार दुई आक्रमणकारी एक थिएटर अगाडि प्रहरी कारबाहीमा मारिएका छन् । अर्का दुई जनाले भने स्टार बक्स क्याफे अगाडि पुलिसको पोष्टमा आफैंलाई विस्फोट गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?