+
+

माघ ४ भित्र मधेसी मोर्चासँग सहमति गर्ने तीन दलको निर्णय

३० पुस, काठमाडौं । प्रमुख तीन दलले तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग माघ ४ गतेभित्र सहमति गर्ने गरी वार्ता गर्ने निर्णय गरेका छन् ।

बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादीको बैठकका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा ५ गते संसदको बैठक बस्नु अघि नै मधेसी मोर्चासँग सहमति गर्ने गरी वार्ता र सम्वाद अघि बढाउने निर्णय भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १८:२६

Three-party-and-Morcha-barta

  • फाइल तस्वीर

३० पुस, काठमाडौं । प्रमुख तीन दलले तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग माघ ४ गतेभित्र सहमति गर्ने गरी वार्ता गर्ने निर्णय गरेका छन् ।

बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादीको बैठकका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा ५ गते संसदको बैठक बस्नु अघि नै मधेसी मोर्चासँग सहमति गर्ने गरी वार्ता र सम्वाद अघि बढाउने निर्णय भएको छ ।

५ गते संसदको बैठक राखिएको छ । र, उक्त बैठकले संविधान संशोधन विधेयक पास गर्ने सम्भावना छ । मधेस आन्दोलनलाई सम्बोधन गर्ने प्रयासमा सरकारले ल्याएको संशोधन प्रस्तावलाई मधेसी मोर्चाले अपर्याप्त भनेको छ । र, प्रमुख विपक्षी नेपाली कांग्रेसका तराई मधेसका सांसदले पनि संशोधन दर्ता गराएका छन् ।

तीन दलले मधेसी मोर्चासँग सहमति गरेर मात्र संविधान संशोधन विधेयक पास गर्ने तयारी गरेका छन् । यसका लागि समानुपातिक समावेशीको क्लस्टर पुनरावलोकन गर्न तीन दल तयार छन् । तर, अन्य विषयमा भने ठोस प्रस्ताव बनिसकेको छैन ।

कार्यदलको बैठक स्थगित

पछिल्लो समय सहमतिको प्रयासमा तीन दल र मधेसी मोर्चाको कार्यदलले लागातार वार्ता गरिरहेका छन् । बिहीबार पनि वार्ता तय भएको थियो । तर, कार्यदलका सदस्य भीम रावल राजधानी बाहिर रहेकाले बिहीबारको बैठक भने स्थगित गरिएको छ ।

अब शुक्रबार कार्यदल स्तरमा वार्ता हुनेछ । पर्सी प्रमुख तीन दलका शीर्ष नेता र कार्यदल सदस्यहरुको बैठक राखिको छ । यो बैठकले मधेसी मोर्चासँग सहमतिको लिखित प्रारुप तयार पर्नेछ । आवश्यक परे त्यही दिन तीन दल र मधेसी मोर्चाबीच शीर्ष स्तरमा वार्ता गरेर सहमति जुटाउने तीन दलको निर्णय छ ।

बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले अनलाइनखबरसँग भने-आवश्यक पर्‍यो भने मधेसी मोर्चाका शीर्ष नेताहरुसँग कुरा गर्ने र ४ गतेसम्म सहमति गर्ने गरी तयारी गर्ने भन्ने भएको छ ।’

नेपाली कांग्रेसका नेता महेश आचार्यले मधेसी मोर्चाको मागबारे सहमति नजिक रहेको बताए । बैठकपछि आचार्यले भने, ‘सीमांकन, नागरिकता लगायतका विषयमा सहमति नजिक छौं । त्यसबारे भोलि बस्ने कार्यदल बैठकमा छलफल गरी सहमतिको प्रयास गरिन्छ । सम्भव भएसम्म भोलि नै सम्झौता गरेर विवाद टुंगो लगाउँछौं ।’

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?