+
+

नेतृत्वका कारण कांग्रेस कमजोर : राणा

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १३:५५

Udayshamser-Rana-At-Pokhara

३० पुस, पोखरा । नेपाली कांग्रेसका युवा नेता उदयशमशेर राणाले नेतृत्व कमजोर हुँदा संसदमा प्रतिपक्षीका रुपमा पार्टीको भूमीका कमजोर बनेको आरोप लगाएका छन् । पोखरामा बिहीबार आयोजित एक कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष समेत रहेका राणाले संसदको सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस कमजोर बन्नु दुर्भाग्यपूर्ण भएको बताए ।

उनले भने, ‘हामी सबैभन्दा ठूलो दल हौं र संसदको प्रमुख प्रतिपक्षी दल पनि तर नेतृत्व कमजोर हुँदा हामीहरुको भूमीका पनि प्रभावकारी हुन सकेन ।’

बजारमा कालोबजारी मौलाउँदै गएपनि सरकारले यसलाई नियन्त्रण गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै राणाले आक्रोश व्यक्त गरे । उनले भने, ‘सरकार नै कालोबजारीलाई प्रोत्साहन गरिरहेको जस्तो छ, यसका विरुद्ध कांग्रेसले सदनमा सरकारलाई दवाव दिनुपर्छ ।’

मधेसमा जारी आन्दोलनको चाँडो निकास निकाल्न प्रमुख दलहरु गम्भिर हुनुपर्नेमा समेत उनले जोड दिए । आन्दोलन लम्बिदै जाँदा देश आर्थिक रुपमा दिनानुदिन कमजोर बन्दै गएको उल्लेख गर्दै उनले जतिसक्दो चाँडो सहमति खोज्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?