+
+

‘यथार्थमा उभिएर नेपाल–भारत सम्बन्ध अघि बढाऔँ’

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १२:५७

Nepal-India

३० पुस, काठमाडौं । बदलिँदो परिवेशमा यथार्थको धरातलमा उभिएर नेपाल–भारत सम्बन्धलाई अघि बढाउनुपर्ने आवश्यकता परराष्ट्र मामिलाका जानकारले औँल्याएका छन् ।

स्वतन्त्र युवा प्रजातान्त्रिक सङ्घ नेपालले बिहीबार राजधानीमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष’ विषयक छलफल कार्यक्रमका वक्ताहरुले दुबै देशले सच्चा मैत्रीका आधारमा आपसी सम्बन्धलाई गति दिनुपर्ने बताए ।

दुई देशबीच सरकार, जनता र संसद् तीनवटै तहमा सहकार्यात्मक सम्बन्ध स्थापित हुनुपर्ने र त्यसमा सबै राजनीतिक दलको मतैक्यता पनि उत्तिकै अपरिहार्य हुने उनीहरुले औँल्याए । स्वस्थ र सुदृढ सम्बन्धका निम्ति एकअर्काका भावना बुझ्दै आशङ्काको वातावरण बन्न दिनुनहुनेमा उनीहरुको जोड थियो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेलले छिमेकीका सुरक्षा संवेदनशीलता र चासो नेपालले बुझेको स्पष्ट गर्दै छिमेकले हासिल गरेको विकासबाट अत्यधिक लाभ लिन वर्तमान सरकार क्रियाशील रहेको बताए । नेपाल–भारत सीमा क्षेत्रमा विद्यमान अवरोध अन्त्य गर्दै सरकार अघि बढ्न चाहन्छ भन्दै उनले साउनमा प्रस्तुत संविधानको पहिलो संशोधनले आन्दोलनरत मधेसी दलका माग सम्बोधन हुने विश्वास व्यक्त गरे ।

‘प्रस्तुत संशोधनमाथि संशोधन प्रस्तुत हुँदा सहमति कायम गर्न कठिन होला कि ?’, उनले प्रतिप्रश्न गरे ।

पूर्वपरराष्ट्र राज्यमन्त्री डा. प्रकाशशरण महतले भारतले नेपालको कुनै एक क्षेत्र र समुदायलाई मात्र नभई समग्र नेपाललाई नै केन्द्रमा राखेर आफ्ना सहयोगी हात फैलाउनुपर्ने सुझाव दिए ।

पत्रकार युवराज घिमिरेले अनौपचारिक तहबाट आपसी सम्बन्धमा ‘खेल्न खोज्ने’ बिचौलिया प्रवृत्तिका कारण नेपाल–भारत सम्बन्धमा चिसोपन आएको विचार व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?