+
+

व्यवसायीले चैत मसान्तसम्म बैंकको ऋण नतिर्दा पनि हुने

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १६:४४

NRB-Photo३० पुस, काठमाडौं । भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण समस्यामा परेका उद्योगी/व्यवसायीले आगामी चैत मसान्तसम्म बैंकको ऋण नतिर्दा पनि हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकले यस्ता उद्योग व्यवसायमा प्रवाह गरिएको ऋण चैत मसान्तसम्म नउठे पनि असल कर्जामै राख्न पाउने व्यवस्था मिलाएको छ । राष्ट्र बैंकको यो निर्णयले उद्योगी व्यवसायीहरुले ठूलो राहत मिल्नेछ ।

समस्यामा परेका उद्योगी व्यवसायीलाई पाँच किसिमका सुविधा दिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बिहीबार निर्देशन जारी गरेको छ । जसअनुसार २०७२ असार मसान्तसम्म असल ऋणीकोरुपमा रहेका ऋणीहरुले यो राहत पाउने छन् ।

राष्ट्र बैंकले १ सय २० दिनको टीआर कर्जालाईै बढाएर १ सय ८० दिन पुर्‍याएको छ । त्यसैगरी, निर्माणधिन सबै आयोजनाहरुको किस्ता तिर्ने समयावधि एक वर्ष थप गर्नुपर्ने, ०७२ माघ मसान्तसम्ममा व्याज प्राप्त भएपनि पुस मसान्तको वित्तीय विवरणमा देखाउन पाउने व्यवस्था मिलाएको छ ।

त्यसैगरी कर्जाको पुनसंरचना गर्न ऋणीले दिखित कार्ययोजना पेश गर्नुपर्ने, कर्जा तिर्ने क्षमतामा आएको ह्रासबारे सम्बन्धित इजाजतप्राप्त संस्था आश्वस्त हुनुपर्ने र ०७२ चैत मसान्तसम्म कर्जाको पुन संरचना गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंककको निर्देशन पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?