+
+

समुद्री तटमा अजंगको ह्वेल माछा लम्पसार

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १५ गते १५:०७

whale juhu beach mumbai bbc nocredit

१५ माघ, काठमाडौं । मुम्बईको लोकप्रिय तथा चहलपहलयुक्त जुहु समुद्रीतटमा शुक्रबार बिहानै रमिता भयो । त्यहाँ एउटा ३० फिट लम्बाईको ह्वेल माछाको मृत शरीर लम्पसार परिरहेको थियो ।

शुरुमा त मानिसहरु झस्किए । तर मरिसकेको थाहा पाएपछि रमाइलो मानेर वरिपरी झुम्मिएका थिए । बिहिबार राति अबेर समुद्रबाट बगेर आएको ब्राइडे प्रजातिको यो ह्वेलको मृत्यूको कारण भने पत्ता लागेको छैन ।

जुहुका प्रहरी अधिकारी ए अम्बेकरका अनुसार यो ह्वेल माछाको वजन अनुमानित १५ देखि २० टन हुन सक्छ । मुम्बई महानगरपालिका तथा वन्य संरक्षण टीम यसलाई हटाउन प्रयासरत छन् ।

whale-juhu-beach-mumbai

ह्वेलको जाँचबुझ गरिरेहेका फरेन्सिक टीमका अधिकारी अनिमेष लिमायेले भने, ‘फोहोर खानेकुरा खाएर मरेको हुन सक्छ । अन्यथा यो निकै कलिलो देखिन्छ र यसको आयू पनि निकै लामो हुन्छ ।’

‘यो दुई दिन अगाडि नै मरिसकेको थियो । पानीको लहरले बगाएर यहाँ ल्याएको हो,’ उनले भने ।

त्यहाँ रहेका एक प्रत्यक्षदर्शीले भने, ‘हामीलाई लागेको थियो कि यो ह्वेल जिउदो छ तर केहिबेरपछि रगत बग्न थाल्यो । त्यसपछि मात्र मरिसकेको थाहा भयो ।’ ह्वेलको शरीरबाट आएको दुर्गन्ध टाढासम्म फैलिएको थियो ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?