+
+

अब यो ओछ्यानले नै पोल खोलिदिनेछ धोकेबाज पार्टनरको

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ६ गते ८:४७

bed

प्रेम वा दाम्पत्य जिवनमा धोका जो कोहीका लागि असह्य कुरा हुन्छ । तर आफुलाई आफ्नो पार्टनरले धोका दिइरहेको छ कि छैन भन्ने कुरा पत्ता लगाउन भने सजिलो हुँदैन ।

आफ्नो पार्टनर, जसलाई तपाइँले सबैभन्दा धेरै माया तथा विश्वास गर्नुभएको हुन्छ, ऊ तपाइँप्रति इमान्दार छ की छैन भन्ने कुरा पत्ता लगाउनु निकै जटिल कुरा हो । तर अब भने यो समस्याको समाधान निस्किएको छ ।

स्पेनको एउटा कम्पनीले पार्टनरको इमान्दारिता पत्ता लगाउने उपाय खोजेको छ । कम्पनीले हालै एउटा यस्तो बेडको डिजाइन गरेको छ जसले तपाइँको पार्टनरको गतिविधिको निगरानी गर्नेछ । स्मार्टट्रेस नाम दिइएको छ, यो ओछ्यानलाई ।

यो बेडमा लभर डिटेक्सन सिस्टम अर्थात् प्रेम पत्ता लगाउने प्रणाली रहेको छ जसको सहायताले यसले आफ्नो वास्तविक मालिकको पहिचान गर्दछ । मोबाइल एपको सहायताले यो ओछ्यान आफ्नो मालिकसँग जोडिइरहेको हुन्छ ।

यदि कुनै नयाँ मानिस आएर यो बेडमा बस्यो वा सुत्यो भने ओछ्यानले तत्कालै मालिकलाई सन्देश पठाएर सूचना गरिहाल्छ । यतिमात्र कहाँ हो र यो ओछ्यानले आफुमाथि भैरहेको हलचल तथा गतिविधिहरुको पनि रकर्ड राख्दछ ।

कम्पनीको दाबी छ की यो ओछ्यानले बजारमा धूम मच्चाउनेवाला छ । अब यो ओछ्यान घरमा भित्राएपछि धोकेबाजहरुलाई धोका दिन मुस्किल हुने दाबी कम्पनीले गरेको छ ।

तर खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ अरुसँग सल्किएका धोकेबाजहरुले नित्यकर्मका लागि यहीँ ओछ्यानमै भर कहाँ पर्लान् र ? घरभित्र तथा बाहिर कतिधेरै ठाउँ छन् जहाँ धोकेबाजहरुले आफ्नो कर्म पूरा गर्लान् तर यो बेडले चाहीँ पत्तो नै पाउन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?