+
+

ग्यासको कोटा साढे ७ हजार टन बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १७ गते ६:३५

gas-bullet१७ वैशाख, काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट नेपालले पाउने ग्यसको कोटामा वृद्धि भएको छ ।

२९ हजार ४१६ मेटि्रकटन मासिक कोटालाई बढाएर अब ३७ हजार मेटि्रकटन कायम भएको आजको कारोबार दैनिकमा समाचार छ ।

नेपाल आयल निगम र आइओसीबीच यसै साता भारतमा भएको वार्तामा ग्यासको कोटा बढाउने सहमति भएको हो ।  नेपालले बैरीनिबाट १३ हजार, हल्दिया १७ हजार र मधुराबाट ७ हजार मेटि्रकटन ग्यास आयत गर्न पाउनेछ ।

भूकम्प र नाकाबन्दीपछि सबैभन्दा धेरै र्मा महिनामा ३० हजार मेटि्रकटन ग्यास आयात भएको थियो । ३३ हजार मेटि्रकटन ग्यासको प्रडक्ट डेलिभरी अर्डर जारी गर्दा ३० हजार मेटि्रक टन ग्यास आपूर्ति भएको थिया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?