२४ वैशाख, काठमाडौं । यसै बर्ष स्थापना भएको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार बाट वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी पुरस्कृत भएका छन् ।
गोरखापत्र दैनिकको १ सय १६औं बर्ष प्रवेश तथा प्रथम पत्रकारिता दिवसका अवसरमा राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिकारीलाई राष्ट्रिय पत्रकरिता पुरस्कार प्रदान गरेकी हुन् ।
त्यसैगरीे गोरखापत्र तथा आमसंचार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत वरिष्ठ साहित्यकार कमलमणि दीक्षित र नेपाल पत्रकारिता शिक्षामा योगदान पुर्याए वापत संञ्चार विज्ञ लालदेउसा राईलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गोरखापत्रका महाप्रबन्धक सुशील कोइरालाले कडा प्रतिष्पर्धाका बीच गोरखापत्रले आफ्नो अस्तित्व जोगाउदै आम नागरिक समक्ष सूचना पुर्ायाउने जिम्मेवारी पुरा गरिरहेको दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4