+
+

मुस्ताङमा भेटिएको युरेनियमको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ७ गते १८:३५

Nepal-Army

७ साउन, काठमाडौं । सरकारले मुस्ताङमा भेटिएको युरेनियम संरक्षणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबारको बैठकले युरेनियम सेनाको सुरक्षामा सेना खटाउने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए । युरेनियमको अध्ययन अन्वेषणको जिम्मा भने उद्योग मन्त्रालयलाई दिएको छ ।

खानी तथा भूगर्भ विभागले हालै मात्र मुस्ताङमा प्राकृतिक खानीमा युरेनियम, नुन, पेट्रोल र कोइला रहेको पुष्टि गरेको थियो । लगतै उद्योग मन्त्री पाण्डे आफैं उक्त स्थानमा पुगेर अवलोकन गरेका थिए ।

युरेनियम पारमाणविक उर्जामा प्रयोग हुन्छ । र, मुस्ताङको लुमान्थाङमा युरेनियम रहेको अनुगमन टोलीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?