+
+

साउदीका राजाले भने-कामदारको तलब रोक्नेलाई सरकारी भुक्तानी नदेऊ

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २४ गते १५:२२

king-of-saudi-salman
२४ साउन, काठमाडौं । साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले कामदारको तलव लामो समयसम्म रोकेर नराख्न निर्देशन दिएका छन् । राजा सलमानले कम्पनी रोजगारदाताहरुलाई कामदारको पाउन बाँकी तलव तत्काल भुक्तनी गर्न निर्देशन दिएका हुन् ।

उनले तलव रोक्ने रोजगारदतालाई छिटो भुक्तानीका लागि दबाव दिन श्रम तथा सामाजिक विकास मन्त्रालयलाई निर्देश गरेको अरेबियन समाचार संस्थाले जनाएका छन् । उनले तलब भुक्तानी गर्न नमान्ने कम्पनीलाई सरकारी भुक्तानी बन्द गर्न पनि भनेका छन् । अहिले साउदी अरबमा लाखौं विदेशी कामदार समयमै तलव नपाएर भोकमरीसँग जुधिरहेका छन् ।

कामदारको तलब भुक्तानी नगरेसम्म कम्पनीहरुलाई सरकारी तबरबाट हुने भुक्तानी रोक्न पनि राजाले भनेका छन् । विदेशी कामदारहरुलाई पछिल्लो समयमा लामो समयसम्म कम्पनीहरुले तलव नदिएको गुनासो बढेपछि राजा सलमानले यस्तो निर्देशन दिएका हुन् ।

पीडित कामदारलाई तलब नदिने कम्पनीविरुद्ध मुद्धा चलाउन र स्वदेश फर्किन चाहने कामदारलाई फर्काउने व्यवस्था गर्न पनि भनिएको समाचारमा उल्लेख छ ।

साउदीले अलपत्र रेका कामदारको उद्धारका लागि श्रम मन्त्री नेतृत्वको एक राहत कोष पनि स्थापना गरेको छ । यसमा १ सय मिलियन साउदी रियाल जम्मा गरिएको छ ।

साउदीमा कतिपय नेपाली कामदारले १० महिनादेखि तलव पाएका छैनन् । यसैका कारण विदेशी मजदुरहरु समस्यामा छन् । साउदी सरकारले तलव नापएर समस्या परेकालाई उचित तवबरमा बस्ने-खाने व्यवस्था गर्न र त्यसबापतको खर्च रोजगारदाता कम्पनीसँगै लिन तल्ला निकायका अधिकारीलाई भनेको छ ।

यस्तै अरेवियन एयरलाइन्ससँग मिलेर स्वदेश फर्किन चाहने कामदारलाई पठाउन र यसको खर्च पनि रोजगारदाताबाटै असुल्न भनिएको छ । अब साउदी सरकारले सम्बन्धित देशका कुटनितिक नियोगसँग कति कामदारले यस्ता समसइा भोगेका छन् भनेर विवरण माग गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?