+
+

सरकारले भन्यो- साउदीमा समस्या परे दूतावासमा सहयोग माग्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २४ गते १७:५९

Pararastra Mantralaya, Ministry of Foreign Affairs
२४ साउन, काठमाडौं । सरकारले साउदी अरेबियामा समस्यामा परेका नेपाली कामदरलाई दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।परराष्ट्र मन्त्रालयले ट्वीटरमार्फत कुनै सहयोग आवश्यक भएमा रियादस्थित दूतावास र जेद्दामा रहेको नेपाली नियोगमा सम्पर्क गर्न आग्रह गरेको हो । तर, सम्पर्क नम्बर भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।

यस्तै मन्त्रालयले कामबाट निकालिएका कामदारहरुलाई सहयोग गर्न रियादस्थित दूतावास र जेद्दास्थित कन्सुलेट कार्यालयलाई निर्देशन पनि दिएको छ ।

विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्र सचिव शंकरदाश बैरागीलाई सम्पर्क गरेर विदशेमा अलपत्र नेपालीहरुको उद्धार जतिसक्दो छिटो गर्न आग्रह गरेका थिए ।

त्यसैअनुसार मन्त्रालयले आफ्ना दूतावास र नियोगहरुलाई अलपत्र कामदार उद्धारका लागि पहल थालेको छ । पछिल्लो समयमा समयमै तलव नपाएर साउदीमा धेरै नेपाली कामदार समस्या भएका छन् ।

यी पनि पढ्नुस्

* साउदीमा नेपाली कामदारहरु समस्यामा, १० महिनादेखि तलव पाएनन्

*विदेशमा कामदारलाई अप्ठेरो परे कसलाई, कहाँ सम्पर्क गर्ने ?

*साउदीका राजाले भने-कामदारको तलब रोक्नेलाई सरकारी भुक्तानी नदेऊ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?