+
+

बन्ने भयो ‘कुम्भकरण’, नीशासँगै गौरव मुख्य भूमिकामा देखिदै

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ७ गते १०:५७

gaurab paharai and nisha adhikari‘कुम्भकरण’ नाम राखेर प्राथमिक विद्यालयमा अध्यापन गराउने केही शिक्षकहरुको बिषयमा चलचित्र बन्ने भएको छ । चलचित्रलाई रोमान्टिक, सस्पेन्स र कमेडी बिषयमा निर्माण गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ ।

आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई दिपक वलीले निर्देशन गर्ने भएका छन् । आकाश पलको प्रस्तुतीमा तयार हुने चलचित्रमा रोम वली कार्यकारी निर्माता, क्षितिज बस्नेत र खड्ग वुढाथोकी निर्माता हुन् ।

चलचित्रमा भोलाराज सापकोटा, गौरव पहारी, निशा अधिकारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापा मुख्य भूमिकामा रहनेछन् ।

चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, हरी लामाको छायांकन, विनोद ढकाल, गोविन्द मधुर आचार्य र जयन जेको संगीत, सुरेन बसेलको नृत्य निर्देशन रहनेछ । प्युठान र दाङमा यो चलचित्रको छायांकन गरिने निर्माणपक्षले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?