यस्तो लाग्दैछ, नायक दयाहाङ राई र नायिका प्रियंका कार्कीको जोडी अब पर्दामा अलग हुनेछैन । कारण, एकपछि अर्को चलचित्रमा यी दुइले काम गरिरहेका छन् ।
चलचित्र ‘वीर विक्रम’को सफलताले हौसिएका निर्देशक मिलन चाम्स नयाँ चलचित्रको तयारीमा लागेका छन् । करिब डेढ महिनापछि छायांकन हुने नयाँ चलचित्रको नाम ‘ह्याप्पी डेज’ राखिएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन लण्डनमा हुने मिलनले बताए ।
भोली पत्रकार सम्मेलन गरि चलचित्र निर्माण हुन लागेको घोषणा गर्ने तयारीमा मिलन थिए । तर, नायक दयाहाङ बिरामी भएपछि पत्रकार सम्मेलन स्थगित गरिएको छ । चलचित्रमा दया र प्रियंकाको जोडीले नै काम गर्नेछन् ।
चलचित्रलाई चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिनेछ । वीपी खनाल र नरेश शर्माले चलचित्रमा लगानी गर्दैछन् । चलचित्रबाट विक्की जोशी नव-नायकको रुपमा भित्रन लागेका छन् ।
मिलनले नै निर्देशन गरेको दोश्रो चलचित्र ‘वीर विक्रम’ तेश्रो सातामा पनि सफलताका साथ प्रदर्शन भैरहेको छ । मिलनले बनाउने भनेको अर्को चलचित्र ‘ब्लाइन्ड रक्स’ अब ‘ह्याप्पी डेज’ पछि निर्माण हुनेछ ।
प्रतिक्रिया 4