+

अल्टिमेट च्याम्पियन्स लिग ११ सार्वजनिक, मेस्सी परेनन्

२०७३ भदौ  २७ गते १७:४० २०७३ भदौ २७ गते १७:४०
अल्टिमेट च्याम्पियन्स लिग ११ सार्वजनिक, मेस्सी परेनन्

altimate-Champions-league

२७ भदौ, काठमाडौं । स्पोट्समेलले अल्टिमेट च्याम्पियन्स लिग ११ सार्वजनिक भएको छ । सन् १९९२ देखि धेरै खेलेको आधारमा बनाइएको च्याम्पियन्स लिग ११ मा बार्सिलोनाका अर्जेन्टिनी स्टार स्ट्राइकल लिओनल मेस्सी भने यसमा परेका छैनन् ।

रियल मडि्रडका क्रिष्टियानो रोनाल्डो र म्यानचेष्टर युनाइटेडका रायन गिक्स भने पर्न सफल भएका छन् ।

गोलकिपरमा इकर कासियास छन् । उनले रियल मडि्रडबाट तीन उपाधि जितेका छन् । पोर्टो जानु अघि उनले १५६ खेल खेलेका छन् ।

डिफेन्समा ग्ययारी नेभिल्स (१०९ खेल) पाउलो माल्डिनी (१०९ खेल) कार्लोस पुयोल (११५ खेल) रोवर्टो कार्लोस (१२० खेल) छन् ।

रोनाल्डो मिडफिल्डमा छन्, उनले १२७ खेल खेलेका छन् । तीन पटकका बालोन डि’ओर विजेता उनी सर्वाधिक गोलकर्ता पनि हुन् । उनले ९४ गोल गरेका छन् । म्यानचेष्टर युनाइटेडबाट ५२ च्याम्पियन्स लिग खेलका उनी २००९ मा रियल मडि्रड गए र तीन उपाधि जिते ।

जाभी -१५१ खेल), क्लारेन्स सिडोफ (१२५ खेल), रायन गिक्स (१४१ खेल) पनि मिडफिल्डमा छन् । स्ट्राइकरमा राउल र जाल्टन इब्राहिमोभिच छन् । राउलले १४२ र इब्राहिमोभिचले ११९ खेल खेलेका छन् । अल्टिमेट म्यानेजरमा एलेक्स फर्गुसन छन्, उनले १९० खेल खेलाएका छन् र दुई पटक उपाधि जितेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय