+

सेल्टिकको पोष्टमा बार्सिलोनाको सात गोल, मेस्सीको छैटौं हृयाट्रिक

२०७३ भदौ  २९ गते ४:०६ २०७३ भदौ २९ गते ४:०६
सेल्टिकको पोष्टमा बार्सिलोनाको सात गोल, मेस्सीको छैटौं हृयाट्रिक

messi

२९ भदौ, काठमाडौं । लिओनल मेस्सीले च्याम्पियन्स लिगमा छैटौं हृयाट्रिक पुरा गर्दा बाार्सिलोनाले सेल्टिकलाई अहिलेसम्मकै ठूलो हार  चखाएको छ ।

मंगलबार राति भएको समूह चरणको आफ्नो पहिलो खेलमा बार्सिलोनाले सेल्टिकलाई ७-० गोलको फराकिलो अन्तरले हराएको हो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा मेस्सीले तेस्रो मिनेटमा नै गोलको खाता खोले । खेलको २४ औं मिनेटमा नै सेल्टिकले बराबरी गोल गर्ने मौका पाएको थियो । बार्सिलोनाका गोलकिपरले पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले सेल्टिकलाई पेनाल्टी दियो । तर, मौउसा डेम्बेले गोल गर्न चुके । उनले दाँया कर्नर च्यापेर हानेको बललाई बार्सिलोनाका गोलकिपर रोकेका छन् ।

त्यसको तीन मिनेट लगतै मेस्सीले दोस्रो गोल गरे । र, पहिलो हाफमा घरेलु टोली २-० ले अगाडि रहृयो ।

Neymar

दोस्रो हाफमा पनि बार्सिलोनाको दबदबा रहृयो भने सेल्टिक खेलमा फर्कनै सकेन । ५० औं मिनेटमा नेयमारले फ्रि किक गोल गरे भने ५९ औं मिनेटमा आन्द्रे इनिष्टाले गोल गरे ।

त्यसको केही क्षणमा नै मेस्सीले हृयाट्रिक पुरा गरे । त्यसपछि गोल गर्ने पालो लुइस स्वरेजको । लिभरपुलले दुई सिजन सँगै विताएका उनले पूर्व प्रशिक्षक ब्रेन्डन रोजर्सको क्लब सेल्टिकविरुद्ध ७५ र ८८ औं मिनेटमा गोल गरे र बार्सिलोनाले ७-० को जित हात पारेको छ ।

२६६ गोल र १२८ गोलपास

MSN

पछिल्लो दुई सिजनमा बार्सिलोनाका ट्रिओ मेस्सी, स्वरेज र नेइमार (एमएसएन) ले संयुक्त रुपमा २५३ गोल गरेका थिए र १२० बढी गोलका लागि पास पनि दिएका थिए ।

यो संख्या सिजनको सुरुमा नै बढेको छ । र, २६६ गोल र १२८ गोलपास भएको छ । मेस्सीले हृयाट्रिक पुरा गरे, नेयमारले एक गोल गरे भने पाँच गोलको पास मिलाए ।

फुटबल कला

सेल्टिकविरुद्ध मेस्सीले दोस्रो गोल नेयमारसागको सहकार्यमा सेल्टिकका डिफेन्डरहरुलाई जिल्याउँदै गरेका थिए । बार्सिलोनाको मुभमेन्ट निकै लोभलोग्दो थियो । फुटबल हो, तर यस्तो रुपमा शायदै स्कटल्याण्डमा कसैले थाहा पाएका छैन ।

५० औं मिनेटमा नेइमारले फ्रिकिकमा निकै सुन्दर गोल गरे । सेल्टिकको गोलकिपरले बल त छोए, तर, रोक्न सकेनन् । इनिस्टाले बार्सिलोनाका लागि चौथो गोल गरे, जुन नेयमारको पासमा भयो ।

त्यसको ७२ औं सेकेन्डमा सेल्टिकको अर्को गोल खायो र मेस्सीले च्याम्पियन्स लिगमा छैटौं हृयाट्रिक गरे ।

र, सेल्टिकको खराब इतिहास

Suarez

नेयमारको पासमा स्वरेजले बार्सिलोनाका लागि सातौं गोल गरेपछि सेल्टिकले युरोपमा अहिलेसम्मकै ठूलो हार व्यहोरेको छ । अर्थात बार्सिलोनाको अर्को शिकार सेल्टिक बन्यो ।

क्याटलानले यस्तै ठूलो जित युरोपियन प्रतियोगितामा पछिल्ला वर्षहरुमा निकाल्न सफल भएको छ । सोमबार सेल्टिकका प्रशिक्षक रोजर्सले भनेका थिए कि विपक्षी खेलाडीहरुले जति रोक्ने प्रयास गरेपनि महान खेलाडीहरुले स्पेस निकाल्छन् ।

बार्सिलोनाले नाउक्याम्पमा त्यस्तै स्वतन्त्रता पाएको छ र, त्यसले भ्रमणकारी टोली सेल्टिकलाई भने पीडा दिएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय