+
+

डा. केसीको जीवन रक्षाका लागि सहयोग गर्न सांसदहरूलार्इ स्वास्थ्यमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १९ गते १३:१३
Gagan_Thapa
फाइल फोटो

१९ असोज, धनगढी स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनशनरत प्राध्यापक डा. गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्नसांसदहरुसँग आग्रह गरेका छन् ।

धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आफूले डा केसीसँग अनशनमानबसिदिन आग्रह गरेको स्मरण गराए । उनले भने, त्रिभुवन विश्वविद्यालयको डिनको नियुक्तिको विषय टुङ्गिन सकेमा डा केसीको अनशनअन्त्य हुनसक्छ

सरकारले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग लगाउन नमिल्ने चाहेर पनि केही नहुने मन्त्री थापाले प्रष्ट पारे ।

तर, केसीले उठाएका मागको पक्षमा सांसदका रुपमा आफ्नो समर्थन भने रहेको उनको भनाइ छ । यो विषयमा छलफल चलाउनुपर्छ भनेरआफूले संसदमा बोलेको हो, तर, आज फरक क्षमतामा छु, कांग्रेस संसद समेत रहेका मन्त्री थापाले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?