+
+

महाअभियोग समितिमा नराखिए प्रधानमन्त्रीलाई बोल्न नदिने राप्रपा नेपालको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ३ गते १३:४६

niyamawali

३ कात्तिक,काठमाडौं । व्यवस्थापिका संसदले महाअभियोग सिफारिस समिति गठन गर्ने तयारी भइरहेका बेला राप्रपा नेपालले आफ्नो प्रतिनिधित्व निषेध गर्न लागिएको भन्दै सभामुखप्रति आपत्ति जनाएको छ ।

सभामुन ओनसरी घर्तीले ११ सदस्यीय महाअभियोग समितिमा आफुहरुको प्रतिनिधित्व निषेध गर्न खोजेको भन्दै राप्रपा नेपालले आपत्ति जनाएको हो ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले महाअभियोग सिफारिस समितिमा राप्रपा नेपाललाई सहभागी नगराए आज संसदमा हुने प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गर्ने चेतावनी दिए ।

महाअभियोग सिफारिस समितिमा कांग्रेस र एमालेका चार चार सांसद रहने र माओवादीका दुई तथा अन्य दलबाट एकजना सांसद रहने गरी गठन हुन लागेको स्रोतले जनाएको छ ।

संसदको चौथो ठूलो दललाई समितिमा नराख्नु आपत्तिजनक रहेकाले आफूहरुको माग सुनुवाई नभए सदन चल्न नदिने गिरीले बताए ।

संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आजै बोलाइएको छ । सो बैठकले दिएको परामर्शको सभामुखले सिफारिस समितिको नाम संसद बैठकमा पेश गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?