+
+

एनसेलसँग मागियो फोरजीको ‘रोलआउट प्लान’

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १४ गते ११:४२

4G-service
१४ कात्तिक, काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँग नेपाल दूरसञ्चार प्राधिकरणले फोरजी सञ्चालनको कार्ययोजना माग गरेको छ । प्राधिकरणको शुक्रबार बसेको सञ्चालक बोर्डले निजी क्षेत्रको सेवाप्रदायक एनसेलसँग रोलआउट प्लान माग गरेको हो ।

प्राधिकरणले एनसेलसँग सेवा सञ्चालनका लागि फ्रीक्वेन्सी, मूल्य, समयतालिका र कुन क्षेत्रमा कहिलेबाट सेवा सञ्चालन गर्ने भनी कार्ययोजना माग गरेको हो ।

नेपाल टेलिकमसँग भने प्राधिकरणले दशैं अगावै कार्ययोजना माग गर्दै अनुमति समेत दिइसकेको छ ।

मोबाइल सेवा प्रदायक कम्पनीहरुमध्ये एनसेल टेलिकम पछिको दोस्रो बजार हिस्सा ठूलो भएको कम्पनी हो ।

अनुमति पाएको कति समयमा, कुन क्षेत्रमा, कहिलेबाट फोरजी सेवा सञ्चालन गर्ने भनी प्राधिकरणले प्लान माग गरेको एनसेलका कर्पोरेट संवादविज्ञ मिलनमणी शर्माले अनलाइनखवसँग बताए ।

प्राधिकरणले फोरजी सञ्चालनको लागि अनुमति दिएको दुई महिनाभित्र काठमाडौैबाट सेवा सुरु गर्दै उपत्यकाबाहिरको शहरी क्षेत्रमा फोरजी सेवा सञ्चालन गर्ने गरी पूर्वतयारी भइरहेको उनले बताए ।

केही समय अगाडि संसोधन गरिएको रेडियो फ्रीक्वेन्सी बाँडफाँट तथा मूल्य निर्धारण नीतिले १८०० ब्यान्डमा प्रविधि तटस्थ गरेर फोर जी सेवा सञ्चालन गर्न दिइने व्यवस्था गरेको छ ।

उक्त नीतिले गरेको व्यवस्थाअनुसार हरेक सेवाप्रदायकलाई उक्त ब्यान्डमा २० मेगाहर्ज फ्रीक्वेन्सी दिन सकिने नीति लिएको छ । सोही नीतिको व्यवस्था अनुसार एनसेलले थप फ्रीक्वेन्सी र प्रविधि तटस्थको लागि प्राधिकरणसमक्ष निवदेन समेत दिइसकेको उनले बताए । प्राधिकरणले माग गरेको कार्ययोजना तिहारलगत्तै बुझाउने उनले बताए ।

फोरजी सञ्चालनको अनुमति पाइसकेको नेपाल टेलिकमले भने पौष १७ गतेदेखि व्यावसायिक रुपमा फोरजी सेवा सञ्चाल गर्नेका लागि अनुमति पाइसकेको छ ।

एनसेलले आधारभूत संरचनाहरुले अहिले नै मौजुदा भएकोले केही सफ्टवेयर इनस्टल गर्नुपर्ने र केही विशेष उपकरणमात्र आयात गर्नुपर्ने अनुमति पाएको समय पछिे धेरै समय नलाग्ने शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?