२४ मंसिर, काठमाडौं । तेस्रो एकदिवसीयमा ११७ रनको जित हात पार्दै अष्ट्रेलियाले न्यूजिल्याण्डविरुद्धको सिरिज क्लिन स्वीप गरेको छ ।
अष्ट्रेलियाले प्रस्तुत थरेको २६५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ३६.१ ओभरमा १४७ रनमै अलआउट भयो । यो अष्ट्रेलियाको पारीमा ओपनर डेभिड वार्नर एक्लैले बनाएको रन भन्दा पनि कम हो ।
उसका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । मार्टिन गुप्टिनले ३४ रन बनाए भने टोम लाटहमले २८ र कोलिन मुन्रोले २० रन जोडे ।
अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए भने पेट कोमिन्स, जेम्स फल्कनर र ट्राभिस हेडले समान २-२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन बनाएको थियो । उसका लागि वार्नरले १५६ रन बनाए । १२८ बल सामना गरेका उनले १३ चौका र ४ छक्का हाने ।
अन्य ब्याट्सम्यानले भने खासै चलेनन् । ट्राभिस हेडले ३७ रन बनाए । वार्नर र हेडले पाँचौं विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए । वार्नर प्येलर अफ दि म्याच र सिरिज दुबै घोषित भए ।
प्रतिक्रिया 4