+
+

आजका पत्रिकाका फ्रन्ट पेजः ‘पुरानै संरचनामा स्थानीय चुनाव’

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २९ गते ६:२५

२९ मंसिर, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरूले प्रमुख तीन दलको बालुवाटार बैठकको समाचारलाई प्रमुख समाचार बनाएका छन् । पुरानै संरचनामा पनि स्थानीय चुनाव गर्ने सहमति नजिक प्रमुख तीन दल पुगेको बताइएको छ ।

संसदमा दर्ता संशोधन विधेयक निष्किृय बनाएर बैशाख पहिलो साताभित्र स्थानीय निकायको निर्वाचन गर्ने अनौपचारिक सहमति भएको कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

राजधानी दैनिकले कांग्रेस सभापति शेरबहादुर देउवाले पुरानै संरचनाअनुसार निर्वाचन गर्न प्रस्ताव गरेको उल्लेख गरेको छ । कांग्रेसको सो प्रस्तावमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले समर्थन गरेको जनाएको छ ।

नयाँपत्रिका दैनिकले भने प्रमुख तीन दलका नेताको बैठकमा भएको सवाल जवाफसहित प्रमुख प्राथमिकताका साथ समाचार छापेको छ ।

nayapatrika

gorkhapatra kantipur nagrik rajdhani samachar-patra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?