+
+

आजका दैनिक पत्रपत्रिकाका फ्रन्टपेजः सातौं राष्ट्रिय खेलकुददेखि देउवा-ओली पोलापोलसम्म

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ९ गते ६:३७

daily-paper९ पुस, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबै पत्रपत्रिकाले पाँच वर्षपछि पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद सुरु भएको समाचारलाई महत्वका साथ फ्रन्टपेजमा छापेका छन् ।

नयाँ पत्रिका दैनिकले स्थानीय तह ७ सय ३० पुग्ने र भारतबाट थप ८० मेगावाट बिजुली ल्याउने सम्झौता भएको समाचारलाई महत्व दिएको छ ।

राजधानी दैनिकले खल्तीमा अनुदान बोकेर टहराको वास शीर्षकमा सिन्धुपाल्चोकका भूकम्पपीडितको स्थितिबारे एंकर समाचार बनाएको छ भने सत्यनिरुपण तथा मेलमिलाप आयोगले अलमलमै दुई वर्ष विताएको समाचारलाई खास महत्वका साथ प्रकाशित गरेको छ ।

अन्नपूर्णपोस्ट् दैनिकले विवादीत एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको सहभागिता र लोडसेडिङ घट्ने समाचारलाई बढी महत्व दिएको छ ।

कान्तिपुर दैनिकले बाजुराको खडेरी र त्यहाँका नागरिकले भोग्नु गरेको सास्तीको फिचर स्टोरीलाई फ्रन्टपेजमा महत्वका साथ छापेको छ ।

नेपाल समाचारपत्रले चिकित्सा शिक्षामा माफियाको हाबी भएको भन्दै  समाचार बनाएको छ ।

नागरिक दैनिकले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच पोलापोल भएको समाचारलाई महत्व दिएर फ्रन्ट पेजमा छापेको छ ।

anna-purna gorkhapatra kantipur-daily nagrik nayapatrika rajdhani samacharpatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?