+
+

आयो हवल लामाको नयाँ म्युजिक भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २ गते १३:२६

काठमाडौं । गायक हवल लामाले ‘बिसौनीमा साटेको रुमाल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

hawal-lamaफर्केर आउँछु की आउँदिन, सुपारी छुर्पी मिठो, ढलक-ढलक, डाँडाको गुम्बा, छाडी जाने मायालु, हिउँ झैं गोरीजस्ता थुप्रै गीतहरु सार्वजनिक गरिसकेका लामाले नयाँ सेलो गीत सार्वजनिक गरेका हुन् ।

गीतमा आफ्नी मायालुलाई छाडेर परदेश जान लाग्दाको पीडा समावेश गरिएको छ । यो गीत लामाको उर्मु-२ मा संग्रहित छ । गीतको शब्द तथा संगीत गायक स्वयमकै हो ।

गीतको छायांकन शुसन प्रजापतीले गरेका छन् भने सम्पादन उज्वल ढकालको छ । रिजन, युहाना र शिवमले अभिनित भिडियो आदित्य बुढाथोकीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?