३० फागुन, काठमाडौं । मन्त्रालय हेरफेरसँगै विना विभागिय राज्यमन्त्री बनेका पूर्वस्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री दाहालले आफैँ सम्हाल्दै आएको उक्त मन्त्रालयमा जबेगुलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।
स्थानीय विकास मन्त्रालय राप्रपा अध्यक्ष कमल थापाको भागमा परेपछि जबेगु विना विभागीय राज्यमन्त्रीका रुपमा रहेका थिए । प्रधानमन्त्री दाहालले सोमबार जबेगुलाई पशुपंक्षी विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।
स्रोतका अनुसार राज्यमन्त्री जबेगुलाई प्रधानमन्त्री दाहालले मन्त्रालयको सबै विषय जिम्मेवारी हेर्ने गरी जिम्मेवारी दिएका हुन् । उनलाई क्याविनेट राज्यमन्त्रीका रुपमा जिम्मेवारी तोकेको प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई बतायो ।
क्याविनेट राज्यमन्त्रीले पूर्ण मन्त्रीको अधिकार प्रयोग गर्ने र मन्त्रिपरिषदमा सहभागी हुने अधिकार पाउनेछन् ।
विगतमा गिरिजाप्रसाद कोइरालाले ०४८ सालको आम निर्वाचनपछि महेश आचार्यलाई यसैगरी अर्थराज्यमन्त्री बनाएका थिए ।
प्रतिक्रिया 4