१३ वैशाख, विराटनगर । तराईका जिल्लाहरु जोड्ने ‘लाइफ लाइन’का रुपमा परिभाषित गरिएको हुलाकी राजमार्ग अन्तर्गत पूर्व पश्चिम राजमार्ग निर्माणको काम सुरु भएको १२ वर्ष पुगिसक्यो ।
मूख्यतः ०६२/०६३ सालवाट हुलाकी राजमार्गको निर्माणको कामले गति पाएको थियो । कागजी रुपमा गति लिएको देखिएपनि हुलाकी राजमार्ग निर्माणको ढिलासुस्ती र दुराबस्था यथावत छ ।
सप्तरीदेखि झापा जिल्लासम्मको २ सय २५ किलो मिटिर पर्ने हुलाकी राजमार्ग धेरै स्थानमा कालोपत्रे त परको कुरा केहि स्थानमा त सडकको निशानासमेत हराउन थालेको छ ।
अहिले पनि धरै स्थानमा पुल निर्माणको काम अधुरो अवस्थामा छाडिएको छ । लामो समयदेखि चर्चामा रहेको हुलाकी सडक अन्तर्गत सप्तरी सदरमुकाम राजविराजदेखि मोरङको सदरमुकाम विराटनगर हुदै झापा जिल्ला सदरमुकाम भद्रपुरसम्म्ा चारपांग्रे सवारी साधान चलने अवस्था छैन ।
सरकारले यो वर्षपनि सप्तरी र झापा जिल्लामा मात्र हुलाकी सडकको काम अघि वढाएको थियो ।
सप्तरीमा पुल निर्माणको काम मात्र भई रहेको छ भने झापामा पुलसगै उतर दक्षिण जोड्ने सहायक सडक कालो पत्रे गर्ने काम भइरहेको छ ।
सरकारले यो आर्थिक वर्षका लागि वजेट निनियोजन नगरेका कारण मोरङ र सुनसरी जिल्ला अन्तर्गत पूर्व पश्चिम राजमार्ग एव सहायक सडकको निर्माणको काम ठप्प भएको छ ।
झापा र मोरङ जिल्लाको सिमाना भएर वग्ने रतुवा नदीले गएको वर्ष हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्ड वगाएको थियो । तर सो खण्ड अहिलेपनि निर्माण हुनपनि सकेको छैन ।
मोरङ जिल्लाको सुनवर्षी नगरपालिकामा पर्ने हुलाकी सडक खोलालेे वगाएपनि पुननिर्माण नगरिादा करिव २ सय मिटर सडकको निसाना नै हराउन पुगेको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापा, मोरङ जिल्लामा ४८/४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर र सप्तरीमा ३२ किलोमिटिर हुलाकी सडक छ ।
यी जिल्ला अन्तर्गत पर्ने झापामा हुलाकी राजमार्गलाई जोडने सहायक राजमार्ग चारआली केचना ४० किलोमिटिर, मोरङमा कानेपोखरी रंगेली २५ किलोमिटिर र सप्तरीमा कल्याणपुर वसाइन हुदै व्रहमपर्टी १८ किलोमिटर सहयाक राजमार्ग रहेका छन् ।
यस वर्ष पुल र सहायक राजमार्ग मात्र निर्माण
हुलाकी राजमार्ग आयोजना इटहरीका अनुसार सप्तरी, सुनसरी, मोरङ र झापा जिल्ला जोड्ने हुलाकी राजमार्गमा यो वर्ष सप्तरी र झापामा मात्र काम भएको छ ।
सरकारले अन्य जिल्लाको हकमा वजेट विनियोजना नगरेपछि मोरङ र सुनसरी जिल्लामा भने हुलाकी राजमार्गको काम स्थगित छ । हुलाकी राजमार्ग आयोजनाका प्रमुख शैलेन्द्रमणि त्रिपाठीका अनुसार सरकारले चालू आर्थिक वर्षका लागि ३८ करोड रुपैयाा निकासा गरेको थियो ।
जसमा हुलाकी राजमार्ग अन्तर्गत सप्तरीमा अहिले २ करोडदेखि माथिका साना ठूला गरी १५ वटा पुलको निर्माण भइरहेको छ । पुल निर्माणवाहेकाको अन्य काम सप्तरीमा पनि स्थगित छ ।
त्यसैगरी झापा जिल्लामा ३३ करोड लागतमा मेची नदीमा पुलसहित १२ वटा पुल निर्माणका चरणमा छन् । सोही जिल्लामा चारआली केचना सडक ४० किलोमिटिर सहायक सडकमा कालोपत्रेको काम भइरहेको छ ।
यसवाहेक अन्य प्रगति योग्य काम हुलाकी राजमार्गको हुनसकेको छैन । आयोजनाका प्रमुख त्रिपाठीले भने, ‘यो आर्थिक वर्षमा गर्ने भनिएको कामका लागि पनि वजेट अपुग भएको अवस्था छ थप वजेट निकासाका लागि ताकेता गर्दापनि आएको छैन, त्यसैले कामको भुक्तानी ठेकेदार कम्पनीलाई दिन समस्या भएको छ ।’
रतुवा पुलको वेहाल
हुलाकी राजमार्ग अन्तर्गत मोरङ र झापाको सिमानामा पर्ने रतुवामाई नदीमा निर्माण भएको पुल अलपत्र अवस्थामा पुगेको छ । पुल निर्माण भएपनि नदीले बटान गरेपछि सञ्चालनमा आउनुअगावै पुल जीर्ण बनेको हो ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने सडक भएपनि यो पुल निर्माण भने सुनसरी मोरङ पुल निर्माण आयोजनाले गरेको थियो । कुल ११ करोडको लगानीमा २ सय ५ मिटर लम्वाइको यो पुल ६ वर्ष अघि निर्माण सुरु गरिएको थियो । कालिका आशिष जेवीले ठेक्का पाएको पुल निर्माणको काम ३ वर्ष अघि सम्पन्न गरी पुल निर्माणको भुक्तानी समेत लिइ सकेको छ ।
सुनसरी मोरङ पुल निर्माण आयोजना सुनसरीका प्रमुख कैलाश शाहका अनुसार पुल निर्माण सम्पन्न भएसाग्ौ पुल हस्तान्तरणको चरणमा आउन नपाउादै नदीमा आएको वाढीले पुलको पूर्व तर्फको भाग वगाएको थियो ।
नदीले पुर्वी भाग वगरमा परिणत गरेपछि अहिले नदीको बीच भागमा खमात्र पुल अवस्थित छ । न पुल प्रयोगमा ल्याउन सकिएको छ न बााकी भाग पुनर्निर्माणको पहल हुन सकेको छ ।
आयोजना प्रमुख शाहले रतुवामाईको मुख्य भंगालो प्रवेश गरेको क्षेत्रका लागि डेढ वर्ष अघि १ सय मिटर पुलको नयाा संरचना थप्नु पर्ने डिजाइन सडक विभागमा पेश गरेको थियो ।
हुलाकी राजमार्गको इतिहास
पूर्व-पश्चिम लोकमार्गको समानान्तर सीमा हुादै करिब २० देखि ३० किमि दक्षिणतर्फ भएर फैलिएको सडक नै हुलाकी राजमार्ग हो ।
राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिाड्ने छोटो बाटो जसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ । यो तराई मधेसका जिल्लाहरू जोड्ने पहुाचमार्ग पनि हो । पूर्व-पश्चिम ९सय ७५ किमि फैलिएको छ ।
पूर्व-पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८ सय १७ किमिको ३२ वटा सहायक राजमार्गहरू छन् । यी सबै जोड्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७ सय ९२ किमि पुग्छ ।
भारतीय तत्कालीन प्रधानमन्त्री चन्ऽशेखरले २०४७ सालमा नेपाल भ्रमणकै क्रममा हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भारतीय सहयोगको सैद्धान्तिक सहमतिचाहिंा २०६१ सालमा भएको थियो ।
२०६२/०६३ को परिवर्तनपछि भारत सरकारले नेपाल सरकारबाट छनोट भएका १ हजार ४ सय ४० किलोमिटर सडकहरूको डिजाइन सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्नेगरी सम्पन्न गर्ने, सो बापत लाग्ने सम्पूर्ण खर्च भारत सरकारले व्यहोर्ने र जग्गा अधिग्रहण, पोल, रुखहरू हटाउने, हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलहरूको निर्माण नेपालले गर्ने प्रावधानसहितको समझदारी भएको थियो ।
तर भारत सरकाले सहमति अनुसार केही समय काम गरेपनि त्यसपछि नेपाल सरकाले आवश्यक सहयोग नगरेको भन्दै सडक निर्माणको कामवाट हात झिकेको थियो ।
नेपालले गरेको रेखांकनअनुसार हुलाकी राजमार्गको लम्बाइ पूर्वदेखि पश्चिमसम्म एक हजार सात सय ९२.४२ किलोमिटर छ । यसमध्ये प्रथम चरणको काम लगभग ३३ प्रतिशत हो, जुन अझै अलपत्र छ । दोस्रो चरणको ६६ प्रतिशत निर्माण अन्योलमा छ । एक हजार सात सय ९२.४२ किलोमिटरमा हालसम्म ६७.८४ किलोमिटर मात्र कालोपत्रे भएको छ । आयोजनाको अध्ययनअनुसार बााकी सडकखण्ड माटेस्तरमै छ । कतिपय ठाउामा सडकको आधारभूत संरचना पनि छैन ।
सरकारले विकास पुर्वधारमा समेत तराईलाई हेप्यो !
नेपालमा भारतका प्रधानमन्त्री, मन्त्रीहरूको भ्रमणका क्रममा हुलाकी राजमार्गको चर्चा वढी नै हुने गरेको छ । नेपालले मात्र हैन भारतले पनि यसको निर्माणमा चासो राख्ने गर्छ तर, यतिका वर्ष वितिसक्दा राजमार्ग निर्माणको गतिले भने स्थानीयवासीमा निराशा पैदा हुन थालेको छ ।
हुलाकी राजमार्ग आसपास क्षेत्रका स्थानीयले समग्र तराईका जिल्लाहरुको विकासको लाइफ लाइनका रुपमा रहेको हुलाकी राजमार्गको निर्माण सुस्त हुादा सरकारप्रति उनीहरुले आक्रोश समेत देखिन्छ ।
‘पुरानो हुलाकी राजमार्ग जस्ताको त्यस्तै छ, पछि सुरु भएको पूर्व-पश्चिम राजमार्ग उहिल्यै सम्पन्न भइसक्यो ।’ झापाका स्थानीय रामप्रसाद रौनियारले भने, ‘मधेसको बस्ती हुलाकी राजमार्ग वरपर नै छ, तर सडक छैन किन सरकारले यति विभेद गर्दैछ मधेसका जनतालाई ?’
प्रतिक्रिया 4