+
+

प्यूठानमा युवकद्वारा प्रहरी हिरासतमै आत्महत्या

विजयसिंह भारती विजयसिंह भारती
२०७४ वैशाख २९ गते ८:४०


प्यूठान, २९ बैशाख । प्यूठानको भिंगृ इलाका प्रहरी कार्यालयमा शुक्रबार बिहान एक युवाले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । स्वर्गद्वारी नगरपालिका–५ उपल्लो सारीका भुपेन्द्र गिरीले कपडाको पासो लगाएर हिरासतको शौचालयमा आत्महत्या गरेका हुन् ।

हिरासतसँगै रहेको शौचालयमा उनले मध्यराति करिव ३ बजे आत्महत्या गरेको प्यूठान प्रहरी प्रमुख डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

शौचालय  गएका गिरी लामो समयसम्म नआएपछि शौचालय खोलेर हेर्दा झुण्डिरहेको अवस्थामा  फेला परेको प्रहरीले जनाएको छ । तर, परिवारले भने गिरीले आत्महत्या गरेको अस्वीकार गरेको छ । परिवारले प्रहरीले नै हत्या गरेको दाबी गरेको छ ।

श्रीमतीलाई कुटपिट गरेको उजुरीपछि बिहीबार मात्रै प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको थियो ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खलंगाबाट प्रहरी नायव उपरीक्षक राठौर नेतृत्वको टोली बिहानै भिंगृ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?