+
+

बर्दियाको बढैयातालको अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १९ गते १२:३१

१९ असार, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । बढैयातालमा एमालेका उम्मेदवार लालबहादुर श्रेष्ठ विजयी भएका छन् । उनले ८१९८ मत पाए ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लल्लु्राम थारुले ६८९७ मत पाए । कांग्रेसका उम्मेदवार मानबहादुर बुढाले ४९६१ मत ल्याए ।

उपाध्यक्षमा पनि एमालेले नै जितेको छ । एमालेकी दिपाकुमारी गौतमले ८७८३ मत ल्याएर उपाध्यक्ष जितिन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी राधा आचार्यले ६०६१ मत ल्याइन् । नेपाली कांग्रेसकी उपाध्यक्षकी उम्मेदवारले ४४७५ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?