+
+

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध एउटा पनि उजुरी परेन, सुनुवाइ आइतबार

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ३० गते ६:४४

३० असार, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको १० दिनको समय सीमामा एउटा पनि उजुरी दर्ता भएन । समिति सचिवालयका अनुसार उजुरी दिने अन्तिम दिन बुधबारसम्म कुनै पनि माध्यमबाट पराजुलीविरुद्ध उजुरी नपरेको हो ।

समितिले प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइअघि सर्वसाधारणसँग समेत उजुरी माग्ने कार्यविधिअनुसार १० दिनको समय दिएर यही असार १९ देखि उजुरी माग गरेको थियो । एउटा पनि उजुरी नपरेपछि समितिले सुुनुवाइ प्रक्रिया अघि बढाउनेबारे प्रारम्भिक छलफलको बैठक शुक्रबार बिहान बोलाएको छ ।

समिति सचिव ध्रुवप्रसाद घिमिरेले शुक्रबार बिहान सुनुवाइ प्रक्रिया अघि बढाउनेबारे बैठक बोलाइएको बताए । घिमिरेले भने, ‘उजुरी एउटा पनि परेको छैन, अबको सुनुवाइ प्रक्रियाबारे छलफल गर्न शुक्रबार बिहान ८ः३० बजे बैठक बोलाइएको छ । ’

शुक्रबारको बैठकले सुनुवाइको मिति तोक्नेछ । प्रस्तावित प्रधानन्यायाधीशको आइतबार सुनुवाइ गर्ने तयारी समिति सचिवालयले गरेको छ । समितिमा सुनुवाइपछि प्रस्तावित पदाधिकारीको नाम अनुमोदन हुने वा नहुनेबारे समितिले निर्णय लिनेछ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?