+
+

रोयल ए वान ग्रुपको नयाँ नेतृत्व चयन

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २२ गते १७:०५


२२ साउन,काठमाडौं । रोयल इभेन्ट इन्भेस्टमेन्ट प्रालिको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंमा चेन रेष्टुरेन्ट र पार्टी प्यालेसहरु सन्चालन गर्ने रोयल ए वान ग्रुपले साधारणसभाबाट नेतृत्व चयन गरेको हो ।

 

चाबहिलस्थित ए वान क्याफेमा भएको साधारणसभाले हरिबहादुर श्रेठ (नविन)को नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्ष रामकुमार श्रेष्ठ र सचिव राकेश श्रेष्ठ निर्वाचित भएका छन् ।

 

त्यस्तै सहसचिव हिमाल श्रेष्ठ,कोषाध्यक्ष भिम बहादुर श्रेष्ठ चयन भएका छन् । सदस्यहरु राजकुमार श्रेष्ठ, पदम कुमार श्रेष्ठ, नारायण श्रेष्ठ, मिलन काजी राई, देबेन्द्र कुमार श्रेष्ठ ,शेर ब श्रेष्ठ, टीकाराम श्रेष्ठ, टाकादाश श्रेष्ठ, युबराज श्रेष्ठ,भक्त केसी निर्वाचित भएको सचिव राकेश श्रेष्ठले बताए ।

 

कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री वीरव वहादुर बलायरले ए वान इन्भेस्टमेन्ट ग्रुपले सयौं युवालाई रोजगारी दिएर राज्यलाईनै सघाएको बताए ।

 

कार्यक्रममा त्यसैगरी फास्टफुट ग्रुपमा आवद्ध विभिन्न व्यक्ति तथा संस्था र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा खाडादेवी गाउँपालिका रामेछापकी उपाध्यक्ष मखमली श्रेष्ठले महिलालाई उद्यमशील बनाउन ए वान समूह सफल भएको बताइन् ।उनी आफैं पनि ए वान समूहमा आबद्ध छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?