एन्फा कार्यसमिति बैठक आज बस्दै
![२०७४ साउन ३२ गते १०:५२](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/clock-icon.png)
![एन्फा कार्यसमिति बैठक आज बस्दै](https://www.onlinekhabar.com/wp-content/uploads/2016/03/anfa-bulding-2.jpg)
३२ साउन, काठमाडाैं । साउन १२ गते अतिश्चितकालका लागि स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फा कार्यसमितिको बैठक आज बस्दैछ ।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले कार्यसमिति बैठक बुधबार ११ बजेका लागि बोलाएका हुन् । एन्फा केन्द्रीय कार्यालयमा बैठक बस्दैछ ।
एन्फाकै गल्तिले ए डिभिजन च्यामिपयन थ्रीस्टारले एएफसी एसिया कपको दोस्रो चरणमा सहभागिता जनाउन नपाएपछि उसलाई दिइने भनिएको डेढ करोड क्षतिपूर्ति बैठकबाट अनुमोदन गराउने कार्यसूचि छ ।
तर गत साउन १२ गतेको बैठकमा कार्यसमिति सदस्यहरुले थ्रीस्टारलाई क्षतिपूर्ति दिनुअघि घटनाका दोषीलाई कारबाहीको माग गरेपछि अध्यक्ष श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए ।
एन्फा आफैंले गरेको छानविन समितिले एन्फाका कर्मचारी गोकुल थापा, महासचिव धिरेन्द्र प्रधान र अध्यक्ष श्रेष्ठलाई पनि दोषी ठहर गरेको थियो ।
प्रतिक्रिया 4