१७ भदौ, काठमाडौं । स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणका लागि थप ६ करोडको दरले बजेट व्यवस्था गर्ने भएको छ ।
अधिकांश स्थानीय तहलाई भवन अभाव रहेकाले थप बजेट व्यवस्था गर्न लागेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले वडा कार्यालय निर्माणको लागि वडालाई थप १ करोड अनुदान दिने बताएको छ । गाउँपालिका महासंघको प्रदेश नं. ३ र ४ का प्रतिनिधिसँग भएको भेटमा मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय तह नयाँ संरचना भएकाले भवन निर्माणका लागि बजेट आवश्यक परेको बताएका छन् ।
उनले थप बजेटबाट स्थानीय तहले भवन निर्माण र जग्गा खरिद गर्न सक्ने बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4