+
+

८८ किलो सुनका मालिक मिङ दम्पत्ति, तीन भारतीयसहित ५ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ४ गते १७:१९


४ असोज, काठमाडौं । अघिल्लो महिना बरामद भएको ८८ किलो सुनको मालिक चिनियाँ नागरिक मिङ दम्पत्ति भएको खुलेको छ । साथै तस्करीमा संलग्न तीन भारतीय र दुई नेपाली सुन व्यवसायी पक्राउ पनि परेका छन् ।

प्रहरीले भदौ १९ गते क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार यो सुन चिनियाँ नागरिक पान विई मिङ र याङ वेन विङको भएको खुलेको छ ।

मिङ दम्पत्तिले क्षेत्रपाटीमा काठमाडौं वान होटल सञ्चालन गर्दै आएका छन् । यो सुन तस्करीमा मिङ दम्पत्ति संलग्न देखिएको महाशाखाका एसपी नरेशप्रसाद उप्रेतीले बताए ।

प्रहरीले पाँच सुन व्यापारीलाई पक्राउ परेको छ । न्यूरोडस्थित रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी गहना पसलका सञ्चालक गणेश दत्त वडुलाई १० लाख ८२ हजार नेपाली, ८ लाख भारु र ११ सय डलरसहित पक्राउ गरेको छ ।

यस्तै भारत महाराष्ट्र घर भई ओटुमा पशुपति सुनचाँदी खार्ने पसल सञ्चालन गर्ने नन्दकुमार मर्गले, सिद्धनाथ सुनचाँदी खार्ने पसलका उल्लास दिनकर सालुखे र शाक्य सुनचाँदी पलसका सञ्चालक शुभरत्न शाक्य पक्राउ परेका छन् । शाक्यको साथबाट १ करोड ४२ लाख नगद, एक केजी २०९ ग्राम सुन र २ हजार ४७८ चाँदीका सिक्का बरामद भएको छ ।

यसैगरी भारत विहार घर भई नरदेवीमा रविश्या ट्रेडर्स सञ्चालन गर्ने सत्यनारायण अग्रवाललाई १३ लाख ५० हजारसहित प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?