+
+

‘वाकिङ स्ट्रिट’ ठमेलः घुम्न झनै रमाइलो (फोटो फिचर)

पर्यटक भन्छन्-अमेजिङ ठमेल !

रविन्द्र/मिलन रविन्द्र/मिलन
२०७४ कात्तिक ६ गते २०:१५


६ कात्तिक, काठमाडौं । अन्नपूर्ण पदयात्रा सकेर सोमबार ठमेल पुग्दा बेलायती पर्यटक एडम ह्युज ठमेल आश्चर्यमा परे । ट्रेकिङमा जानुअघि आफूले अस्तव्यत ठमेल एकाएक नयाँ स्वरुपमा देखेपछि उनले हटब्रेडअघि उभिएर सडकको गतिविधिहरुलाई क्यामरामा कैद गर्न व्यस्त थिए ।

कोलाहालले गाँजिएको ठमेल एका-एक पैदलयात्रु मात्रै हिँड्ने क्षेत्र बनेकोमा उनले आश्चर्य प्रकट गरे ।

उनकी साथी अर्बेला जोन्सन भने ठमेलको सबै सडकलाई किन वाकिङ स्टि्रट नबनाइएको भनेर सोध्दै थिइन् ।

‘अच्चम लागिरहेछ, एदकमै सुन्दर पनि देखियो । हो-हल्ला र चर्को भीडभाड छैन । बाइकले दुर्घटानामा पार्छ कि भन्ने पनि डर भएन’ जोन्सनले भनिन्, ‘यस्तो साँघुरो सडकमा गाडी नचलाएको राम्रो । यहाँ सबै सडकलाई वाकिङ स्ट्रिट बनाउन मिल्दैन रहेछ ?’

सवारी निषेध गरिएको सुनेपछि भक्तपुरका ऋषि महर्जन घुम्नकै आएका रहेछन् । उनी भन्दै थिए, बेलुका चाँही सडकमा हिँडन झन रमाइलो हुनेभयो ।’

पर्यटकीय नगरी ठमेलको मुख्य क्षेत्र आइतबारबाट सवारी साधनमुक्त बनेको छ भने वान-वेलाई पनि कडाइपूर्वक लागू गरिएको छ ।

यसलाई पर्यटक मात्रै हैन, स्थानीयबासीले पनि सकारात्मक मानेका छन् ।


साँघुरो सडकको दुबै किनारा व्यापारिक स्टलले छोपिएको हुन्थ्यो । त्यही सडकमा मोटरसाइकल मात्र होइन, साना सवारी पनि गुड्दा पर्यटकहरुलाई ठमेलका सडकमा हिड्न सकसपूर्ण हुन्थ्यो ।

महानगरीय ट्राफिक प्रहरी, ठमेल पर्यटन विकास परिषद र काठमाडौं महानगरपालिकाको संयुक्त प्रयासमा आइतबारबाट ठमेलका प्रमुख क्षेत्रलाई सवारी साधनमुक्त क्षेत्र बनाइएको छ । नरसिंचोकदेखि सातघुम्ती तथा जेपीस्कुल चोकदेखि काठमाडौं गेस्ट हाउससम्मको क्षेत्रमा सवारी चलाउन पाइँदैन ।

अत्यावश्क सेवाबाहेक अन्य सवारीलाई निषेत्र गरेपछि ठमेलमा पैयदयात्रुहरुले राहतको सास फेरेका छन् ।


विदेशी पर्यटकहरुलाई लक्षित गरेर पनि ठमेलको वाकिङ स्ट्रिटका बारेमा प्रचार गर्नुपर्ने स्थानीय व्यवसायी बताउँछन् ।

‘अन्तभन्दा यो क्षेत्रमा समय विताउन सहज हुन्छ । कोलाहल नहुने भएकाले विदेशीलाई मनपर्ने वातावरण यहाँ छ’ हस्तकला व्यापारी प्रमोेद थापाले भन्छन्, ‘त्यसैका आधारमा उनीहरुले नेपालमा गर्ने खर्च पनि यहाँ बढ्न सक्छ ।’

काठमाडौं महानगर र ट्राफिक प्रहरीले यसलाई वाकिङ स्ट्रिटको नमुनाका रुपमा प्रवर्द्धन गर्न चाहेको छ ।

तर, त्यसका लागि ठोस योजना बनिसकेको छैन । अहिले नै ठमेल छिर्नेहरुलाई पार्किङ कहाँ गर्नेभन्ने अन्योल भने देखिएको छ । त्यसैले कतिपयले सडक किनारामै पार्किङ गर्ने गरेका छन् ।

तर, ट्राफिक प्रहरीले सडकमा पार्किङ गर्न नदिइने स्पष्ट गरेको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?