१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई मगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । साथी भेट्न भन्दै डेराबाबाट निस्किए लगतै उनलाई साना पोसाकमा रहेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
ओखलढुंगाका पूर्वसभासद समेत रहेका ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बसोबास गर्छन् । उनीच भने सुरक्षाको कारण देखाउँदैसातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए, जहाँ भाइ बहिनीसहित ३/४ जना बस्दै आएका थिए ।
ढुंगेललाई प्रहरीले पक्राउ गर्नासाथ उनका भाइले गृहमन्त्रीबाट विनाविभागीय भएका जनार्दन शर्मालाई टेलिफोन गरेर जानकारी दिएका थिए । माओवादी नेताहरुले ढुंगेलको गिरˆतारीलाई शान्ति प्रक्रियामाथिको हस्तक्षेप भनेका छन् ।
मानहानीको मुद्दा लगतै पक्राउ
पहिलो संविधानसभा २०६४ मा ओखलढुंगा २ बाट निर्वाचित ढुंगेल सभासद रहेकै बेला सर्वोच्चले दोषी ठहर गरेको थियो । तर, उनी पक्राउ परेका थिएनन् । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।
ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्वोच्चले सिफारिस कार्यान्वयन रोक्यो ।
सर्वोच्चले ३१ चैत २०७३ मा सात दिनभित्र ढुंगेललाई पक्राउ गर्न आदेश पनि दियो तर, पक्राउ परेनन् । आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले ४ कात्तिकमा प्रहरी प्रमुखविरुद्ध अदालतको अवहेलनाको मुद्दा हाले ।
ढुंगेललाई मंगलबार नै जिल्ला अदालतमा उपस्थित गराएर सदरखोर चलान गरिएको छ । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ ।
जेल चलान हुँदै गर्दा पूर्वसभासद ढुंंगेलले भने आफूलाई जनयुद्धकालीन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिए ।
यी पनि पढ्नुस्
प्रतिक्रिया 4