१५ कात्तिक, न्यूयोर्क । न्यूयोर्कको लोअर म्यानहटनमा एक ड्राइभरले आफ्नो ट्रक फुटपाथ र साइकल लेनमा चढाएर आठ ब्यक्तिको ज्यान लिएका छन् । ११ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीले यो घटनालाई चरमपन्थी हमलाको रुपमा टिप्पणी गरेको छ । संदिग्ध प्रहरी हिरासतमा छन् । एक ट्रक ड्राइभरले जानी जानी साइकलमा सवार यात्रीलार्इ किचेर मारेको प्रहरीको बताएको छ । प्रहरीले ट्रक ड्राइभरलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।
अमेरिकी सञ्चार माध्यमका अनुसार २९ वर्षीय ड्राइभरको नाम सेफुलो साइपोव हो । उनले आफूलाई प्रवासी भनेर परिचय दिएका छन् जो सन् २०१० मा अमेरिका आएका थिए ।
न्यूयोर्कका मेयर बिल दे ब्लाजियोले आठ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति घाइते भएको बताए । ब्लाजियोले यस हमलालाई कायरतापूर्ण आतंकवादी हत्या भनेका छन् ।
‘यो एक कायरतापूर्ण आतंकवादी हमला हो जसले निर्दोषलाई निशाना बनाए । आफ्नो काममा हिंडेका व्यक्तिलाई यस्तो हुँदैछ भन्ने केही थाह थिएन’, उनले भने ।
प्रतिक्रिया 4