+
+

तीन वर्ष बित्यो, लागू भएन सुर्ती नियन्त्रण निर्देशिका

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १५ गते ११:२४

१५ कात्तिक, काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी निर्देशिका बनाएको तीन वर्ष बित्यो । तर, अझै कार्यान्वयनको तहमा देखिएको छैन ।

सुर्तीजन्य पदार्थका बट्टा र प्याकेटमा स्वास्थ्यसम्बन्धि चेतावनीमुलक चित्रले ९० प्रतिशत भाग ढाक्नुपर्ने ‘सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका २०७१’ मा उल्लेख छ । उक्त प्रावधान अझै कार्यान्वयन हुन सकेको छैन ।

व्यवसायीहरुको अटेरीका कारण उक्त निर्देशिका लागु हुन नसकेको हो ।

शहरी क्षेत्रमा टाँगिएका होर्डिङ बोर्डमा समेत चुरोटको लोगो राख्ने प्रवृत्ति हटेको छैन ।

व्यवसायीको आर्थिक प्रलोभनमा परी सरकारी निकायहरुले नै निर्देशिका कार्यान्वयन गर्न आनाकानी गरिरहेको अधिवक्ता रामचन्द्र शर्माको भनाइ छ ।

‘मन्त्रालयमा जवाफदेहिता नहुँदा र व्यवसायीको चलखेलका कारण कार्यान्वयनमा आउन नसकेको हो,’ शर्माले भने ।

स्वास्थ्य सेवा विभागको सुर्तीजन्य पदार्थ तथा नसर्ने रोग शाखा प्रमुख राधिका थपलियाले अटेर गर्ने उद्योग र व्यवसायीहरुलाई मन्त्रालयले कारवाही सुरु गरिएको बताइन् ।

उनका अनुसार सुर्तीजन्य पदार्थका बट्टामा ७५ प्रतिशत भाग ओगट्ने गरी चित्र राख्दा प्रयोगकर्ताको संख्या २६ दशमलव दुई प्रतिशत रहेकामा अहिले १८ दशमलव पाँच प्रतिशतमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?