+
+

महिला मुक्केबाजलाई गाई पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १७ गते ३:५०

कुनैपनि खेलकुद प्रतियोगितामा विजेतालाई पदक सहित नगद धनराशी, गाडी, लगायतका पुरस्कार दिने गरेको त देखिएकै थियो । तर भारतमा चाहीँ अब महिला बक्सिङ खेलाडिलाई गाई पुरस्कार दिइने भएको छ ।

भारतको हरियाणा राज्यका पशुपालन मन्त्री ओम प्रकाश धनखडले नोभेम्बर २९ मा यस्तो घोषणा गरेका हुन् ।

आखिर महिला बक्सिङ खेलाडिलाई पुरस्कारको रुपमा गाई दिनुको अर्थ के त ? त्यस अवसरमा मन्त्रीले गाईको दुधको फाइदाका बारेमा बताउँदै गाईको दुध मुक्केबाजका लागि निकै फाइदाजनक हुने बताए । गाईको दुधमा भैँसीको दुधभन्दा कम बोसो हुने, भैँसी सधै सुतिरहने तर गाई निकै फुर्तिलो हुने उनको दाबी थियो ।उक्त दिन उनी हरियाणा राज्यमा बक्सिङ प्रतियोगिताका विजेता खेलाडिहरुलाई सम्मान गर्न रोहतक पुगेका थिए । सोही अवसरमा मन्त्रीले विजेता महिला खेलाडिहरुलाई पुरस्कारमा गाई प्रदान गरिने घोषणा गरे । मन्त्री धनखड हरियाणा बक्सिङ संघका अध्यक्ष पनि हुन् ।

आफ्ना राज्यका मुक्केबाज महिलाहरुले अन्तराष्ट्रिय प्रतियोगिता जित्नेगरी आफुलाई ससक्त बनाउन सकून् भनेर गाई पुरस्कार दिने घेाषणा गरिएको उनको भनाई छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?