१३ पुस, काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजना सुरु गरेको छ । बाफल स्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिनेछ ।
कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तप्पर भै सेवा दिने जानकारी दिए । कम्पनीले देशभरी नै शाखा संजाल पूर्याउने योजना बनाएको छ ।
कार्यक्रममा प्रभु बैंकका संचालक अम्बिका शर्मा र प्रभु लाइफका संचालक नरेश मल्लले कम्पनीले बीमा क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4