३० पुस, काठमाडौं । नेपाली कांग्रेससम्बद्ध कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन संघको अध्यक्ष पदका लागि गोपाल प्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।
पोखरेल युनियन संंघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा हालका केन्द्रीय सदस्य हुन् ।
कर्मचारी युनियन संघको महाधिवेशन तथा नयाँ नेतृत्वको लागि निर्वाचन आगामी फागुन ८ देखि १० गतेसम्म चितवनमा हुनेछ ।
अध्यक्षमा विजयी भएमा सहकारीको स्थापना गर्ने प्रतिवद्धता जनाउँदै पोखरेलले आधिकारिक ट्रेड युनियनको आगामी निर्वाचनमा युनियन संघलाई पहिलो बनाउन हरसम्भव प्रयास गर्ने एजेण्डा लिएका छन् ।
महाधिवेशनका लागि चितवनमा एकत्रित हुन लागेका ६०० भन्दा बढी प्रतिनिधिहरुले आˆनो कामको मूल्यांकन गरी समर्थन गर्ने पोखरेलको दाबी छ ।
उनले आफूलाई वर्तमान अध्यक्ष सुबोध कुमार देवकोटाकोसमेत समर्थन रहेको बताए । पोखरेल युनियन संघको स्थापनाकालदेखिकै सक्रिय सदस्य हुन् ।
प्रतिक्रिया 4