+
+

नेपाली झण्डा फहराउँदै क्यानवेरा आइपुगे विश्व साइकल यात्री भण्डारी

प्रदीप तिमल्सिना  प्रदीप तिमल्सिना
२०७४ माघ २६ गते १६:२८

९ फेब्रुवरी, क्यानवेरा । नेपाली झण्डा अण्टार्टिकमा पु¥याउने उदेश्यका नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हस्तान्तरण गरिएको नेपाली झण्डा लिएर अपाङ्गता भएका विश्व साइकल यात्री कालिकाप्रसाद भण्डारी अष्ट्रेलियाको राजधानी क्यानवेरा आइपुगेका छन् ।

नेपाली दूतावास क्यानवेरामा शुक्रवार आयोजित एक कार्यक्रमवीच विश्व साइकल यात्री भण्डारीलाई अष्ट्रेलिया नेपाल फ्रेन्डसिपका अध्यक्ष जीवन रानाले स्वागत गरेका थिए ।

५४ राष्ट्रको भ्रमण गरिसकेका भण्डारी मेल्वर्नबाट क्यानवेरा आइपुगेका हुन् । क्यानवेरास्थित नेपाली समुदायद्वारा आयोजित कार्यक्रममा यहाँका नेपाली समुदायका अगुवाहरु डा. होम मूर्ति पन्त, डा. कृष्ण हमाल, डा . दुर्गा दत्त कंडेल, नेपाली दूतावास नियोग प्रमुख राजेन्द्र पाण्डे, गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष रञ्जन ढुंगेल तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विश्व साइकलयात्री भण्डारीले आफ्नो यात्रा योजना, अनुभव र चुनौतीका बारेमा आफ्नो अनुभूति साटेका थिए ।
स्वागत कार्यक्रम बोल्दै डा . दुर्गा दत्त कंडेलले साइकल यात्री कालिकाप्रसाद भण्डारीको कार्य सहासिक भएको र उनको यो अभियानले नेपालीको सान विश्व माझ अझ बढाउने हुदा सबै मिलेर उनको यो अभियानलाई सफल पार्नु पर्ने मन्तब्य राखेका थिए ।

डा. कृष्ण हमालले यो अभियानलाई गैरआवासीय नेपाली संघको सहयोग अपरिहार्य भएको हुँदा आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेका थिए ।

नेपालको तनहुँ जिल्ला निवासी भण्डारीले अहिलेसम्म ५४ राष्ट्रको भ्रमण गरिसकेका छन् । भण्डारीको देब्रे खुट्टाको हिप ज्वाईंन्टमा समस्या भएकाले अपाङ्ग छन् उनले अहिलेसम्म २४ हजार किलोमिटर यात्रा तय गरिसकेका छन् ।

क्यानवेरामा आयोजित कार्यक्रममा अपस्थित सबैले भण्डारीको अभियान सम्पूर्ण नेपालीहरुकै निम्ति गर्वको बिषय भएको हुँदा सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए भने अपस्थित सबैले आर्थिक सहयोगको प्रतिबद्दता पनि जाहेर गरेका थिए ।

भण्डारीको क्यानवेरा पछि सिड्नी जाने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?