+
+

शिवश्री हाइड्रोको ३६ करोडको सेयर आउने

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २ गते ११:१९


२ फागुन, काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले ३६ करोड ९१ लाख रुपैयाँ (३६ लाख ९१ हजार कित्ता) सेयर जारी गर्ने भएको छ ।
कम्पनीले १४ लाख ७६ हजार कित्ता प्रभावित क्षेत्रका बासिन्दाको लागि र २२ लाख १४ हजार कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको हो ।

कम्पनीले हाल २२.२ मेगावाटको माथिल्लो चाँखु ए हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माण भइरहेको छ । सन् २०१७ अक्टुबरसम्ममा आयोजनाको निर्माण लगभग ८५ प्रतिशतले सकिएको छ । लगभग टनेलको २० प्रतिशत काम र ११ सय मिटर पेस्टक निर्माण केही जटिल बनिरहेको छ । सुरुमा सम्पन्न गर्ने भनिएको मितिभन्दा लगभग चार वर्ष ढिला हुने सम्भावना छ ।

सुरुमा प्रतिमेगावाट १३ करोड ६० लाख लागत लाग्ने अनुमान गरिएको आयोजनाको हाल लागत बढेर १८ करोड २० लाख पुगेको छ । कुल लागत चार अर्ब तीन करोड पुगेको हो ।

आयोजना निर्माणको लागि दुई अर्ब ५८ करोड बैंक ऋण लिइएको छ । कम्पनीले सुरुमा ३५ करोड सेयर जारी गर्ने योजना राखेकोमा पछि थपेको हो ।

कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ दिएको छ । यसले आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?