+
+

मध्यरातमा ओलीलाई मोदीको फोन, भने- स्वागतका लागि आतुर छु

भारतसँगको मित्रता सुदृढ बनाउन प्रयासरत रहने ओलीको भनाइ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ४ गते ७:४१

४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।

मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिँदै आफू स्वागतका लागि आतुर रहेको बताए । यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने मोदीलाई बताएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

ओली प्रधानमन्त्री बनेलगत्तै मोदीले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी मार्फत शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा आर्थिक विकास र समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका थिए ।

भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई बिहीबार नै टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएको ओलीको सचिवालयले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार माओवादीको समर्थनमा मुलुकको ४१ औं प्रधानमन्त्री नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?