+

सूदरपश्चिमलाई टाइब्रेकरमा हराउँदै आर्मी अन्तिम चारमा

२०७४ फागुन  ७ गते २१:०३ २०७४ फागुन ७ गते २१:०३
सूदरपश्चिमलाई टाइब्रेकरमा हराउँदै आर्मी अन्तिम चारमा

७ फागुन, हेटौंडा । सुदूरपश्चिम-११ लाई टाइब्रेकरमा हराउँदै त्रिभुवन आर्मी क्लब हेटौंडा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्मीले टाइब्रेकरमा ५-३ को जिन निकालेको हो । टाइब्रेकरमा आर्मीको तर्फबाट नवयुग श्रेष्ठ, भरत खवास, दीप लामा, विवेक बस्नेत र विकेश कुथुले गोल गरेका थिए । सुदूरपश्चिमका नरेन्द्र चौधरी, भागेन्द्र चौधरी र चेतन थारुले गोल गरे ।

यसअघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा टुंगिएको थिथयो । आर्मीले ६९ औं मिनेटमा नवयुग श्रेष्ठले खेलको गोलबाट अग्रता लिएको थियो । तर, निर्धारित समयको खेल सकिन केही मिने मात्र बाँकी छँदा विनोद केसीले बराबरी गोल गरे ।

मंगलबार थ्रीस्टार क्लब र संकटाबीच खेल हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय