+
+

चुनावी बाचा सम्झाउँदै गगनले ओलीलाई भने– आजबाट दिनगन्ती सुरु भयो

‘परीणाम चाहिन्छ, त्यो पनि उधारो होइन नगदमा’

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २७ गते १८:०९

२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले वाम गठबन्धनको चुनावी घोषणा पत्र स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भएको बताएका छन् ।

संसदको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले केन्द्र र प्रदेशमा स्थायी सरकार बनेको बताए । उनले भने, ‘हामी प्रतिपक्षमा उभिएपनि हामी प्रष्ट छौं, दुई तिहाई हाराहारी मत प्राप्त गरेर विश्वासको मत प्राप्त गर्नु हुनेछ । तर, आजबाट दिनगन्ती सुरु भएको छ ।’

अघि भने, ‘घोषणा पत्रमा लेख्नु भएको छ, ५ वर्षमा प्रत्येक वर्ष आर्थिक बृद्धिद्धर १० प्रतिशत हुनेछ । भ्रष्टाचार शुन्य हुन्छ । २ वर्षभित्र एउटा पनि कृषिउपज किन्नु पर्दैन, ५ वर्षमा बेचेर खनखन पैसा कमाउँछ । फास्ट ट्राक बन्नेछ, २५ लाख पर्यटक भित्रिनेछन् ।’

एकपछि अर्को चुनावी घोषणा पत्रका बाचा स्मरण गराउँदै कांग्रेस सांसद थापाले भने, ‘तपाईले भन्नुहोला, तैले हाम्रो घोषणा पत्र कन्ठ पारेर आइछन् । कन्ठ पार्ने मात्र होइन, कन्ठस्थ पारेको घोषणापत्रलाई पटक पटक संसदमा दोहोर्‍याइनेछ । अब किन्तु परन्तु केही चल्दैन । नो इफ, नो बट अब परीणाम चाहिन्छ, त्यो पनि उधारो होइन, नगदमा ।’

दुई तिहाईको दिब्यशक्ति मोहको कारण के हो ?

अघिल्लो संसदमा संविधान संशोधन गर्न खोज्दा राष्ट्रघात भन्नेहरु अहिले संविधान संशोधनका लागि सहमति गर्न माथापच्ची गरिरहेको भन्दै उनले दुईतिहाई मोहको कारण खोजे ।

ओली, महाथीर वा लि क्वानको प्रसंसक रहेको सुनेको भन्दै उनले व्यक्ति होइन, संस्था बलियो बनाउनु पर्ने बताए ।

बलियो नेताका रुपमा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र व्यहोरिसकेको भन्दै उनले भने, ‘संस्थाहरुलाई बलियो बनाएर सिस्टमले डेलिभरी दिन सक्नु पर्ने ठाउँमा हामी कतै बरालिएर संस्था होइन, व्यक्ति बलियो बनाउने ठाउँमा पुग्यो भने दुर्घटनामा पर्छौ ।’

मधेसी दलहरुले विश्वासको मत दिने भनेको तर, यसले मधेसको फाटिएको मन जोड्न नसक्ने बताए ।

अब जे पनि बोल्न पाइन्नँ

कांग्रेस सांसद थापा ओली अब एमाले अध्यक्ष नभई प्रधानमन्त्री भएको भन्दै जे पनि बोल्न नपाइने बताए । चुनाव प्रचारका क्रममा प्रधानमन्त्रीले आफूलाई ‘यो केटा सेलिब्रेटी हो, फोटो खिचाउन काम लाग्छ’ भनेको स्मरण गर्दै कांग्रेस सांसद थापाले भने, सम्माननीय प्रधानमन्त्री अब एमालेको अध्यक्ष होइन, नेपालको प्रधानमन्त्री हो । अब जे पनि बोल्न पाइन्नँ । प्रत्येक चोटी बोकेको कुराको हिसाव किताव दिनुपर्छ ।’

सदनमा त्यही हिसावकिताब माग्न कांग्रेस प्रतिपक्षमा बसेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?