+
+

मन्त्री र सचिवहरुलाई बोलाएर प्रधानमन्त्रीले भने-लामो हात गर्नेलाई छाड्दिनँ

हामीलाई असफल हुने छुट छैन, परिणाम निकाल्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ४ गते १७:५५

४ चैत,काठमाडौं । मन्त्रिपरिषद बिस्तारसँगै प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री र उच्च प्रशासकहरुसँग कडा रुपमा प्रस्तुत भएका छन् ।

राज्य र जनताका काम गर्न नखोज्ने र लामो हात गर्ने कसैलाई पनि छुट नदिने ओलीले प्रष्ट पारेका छन् ।

नवनियुक्त मन्त्री, मुख्य सचिव र सचिवहरुलाई आइतबार प्रधानमन्त्री कार्यालयमा सामुहिक रुपमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले काम पन्छाउने, झारा टार्ने र परिणाम ननिकाल्नेहरुप्रति आफू कठोर रुपमा प्रस्तुत हुने बताए ।

प्रधानमन्त्रीको निर्देशन सुन्न सबै मन्त्री रसचिवहरु पुगेका थिए । निर्देशनपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ऐतिहासिक दायित्व पूरा गर्न यो सरकार गठन भएकाले सोही अनुसार काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको बताए ।

यो सरकारलाई असफल हुने छुट नरहेको पटकपटक दोहोर्‍याउँदै आएका प्रधानमन्त्री ओलीले सन् २०३० सम्म दिगोविकासको लक्ष्य भेट्ने गरि जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन् ।

उनले सुशासनका मामिलामा आफू कसैसँग सम्झौता नगर्ने बताए । ओलीले भने-सरकार असमान्य जिममेवारी बोकेर आएको छ । संविधान कार्यन्वयन, मौलिक हकहरुको ग्यारेन्ट,सुशान र जनताको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?