+
+

कर्णालीमा दातृ निकाय भित्र्याउन पहल सुरु

डीएफआईडीका प्रतिनिधिसँग र मुख्यमन्त्री र मन्त्रीको वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ११ गते १६:०४

११ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशमा दातृ निकाय भित्र्याउन पहल सुरु गरेको छ । प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृनिकाय भित्र्याउने लक्ष्य लिएको कर्णाली सरकारले त्यसका तयारी गरेको हो ।

कर्णाली मा लगानीको वातावरण रहेको सन्देश दिन मंगलबार बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डीएफआईडी) का प्रतिनिधिहरु र मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायत मन्त्रीहरुको भेटवार्ता भएको छ ।

डीएफआईडीका एशिया क्षेत्रीय निर्देशक रिचर्ड मुन्टगोमेरीसँगको भेटका क्रममा मुख्यमन्त्री शाहीले कणर्ालीमा दातृ निकायलाई काम गर्ने अनुकुल वातावरण रहेको भन्दै सहयोगको अपेक्षा रहेको बताएका थिए ।

प्रदेश मुख्यालयमा मंगलबार विहान भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले मुलुकको राजनैतिक संक्रमणकाल सकियसँगै आफूहरुको एकमात्र एजेण्डा विकास र समृद्धि रहेको समेत स्पष्ट पारेका थिए ।

डीएफआईडीले सीमान्तकृत समुदाय र क्षेत्रको विकासका लागि प्रशंसनीय काम गरिरहेको बताउदै मुख्यमन्त्री शाहीले कणर्ाली प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिन आग्रह गरे ।

तुलनात्मक रुपमा नेपालका अन्य प्रदेशहरुभन्दा कर्णाली प्रदेश विकासका दृष्टिले पछि रहेको वताउँदै उनले भौतिक पूर्वाधारका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको वताए ।

कर्णाली प्रदेश प्राकृतिक श्रोतले धनी रहेको बताउँदै मुख्यमन्त्री शाहीले भने-‘हामीसँग जलविद्युत, पर्यटन, जडीवुटी र कृषिको अपार संभावना छ, यसको व्यवस्थित परिचालन गरी समृद्धि हाँसिल गर्न अहिले आर्थिक श्रोतको जरुरी छ ।’

भेटवार्तामा कर्णाली प्रदेशका दुई जिल्लामा सडक नपुगेको, धेरै जिल्लामा विद्युतिकरण बाँकी रहेको बताउँदै मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधारको विकासलाई आफनो सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले कर्णाली प्रदेशको विकासका लागि सबै राजनीतिक दल र जनता एकतावद्ध भएकोले दातृ निकायलाई काम गर्न अनुकुल वातावरण रहेको वताए ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सर्वसम्मतिमा आफूहरुले प्रदेशको नाम र राजधानी तोक्न सफल भएको बताउदै कर्णाली प्रदेशमा लगानीमैत्री वातावरण रहेको वताए ।

भेटवार्ताका क्रममा वेलायती अन्तर्राष्ट्रिय विकास नियोग डीएफआईडीका एशिया क्षेत्रीय निर्देशक रिचर्डले आफूहरु प्रदेश सरकारको नीति कार्यक्रम र प्राथमिकता अनुसार काम गर्न तयार रहेको वताएका छन् ।

उनले कर्णाली प्रदेशमा डीएफआईडीले गर्दै आएको सहयोगमा वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कर्णाली प्रदेशमा अरु दातृ निकायहरु पनि काम गर्न इच्छुक रहेको बताउँदै प्रदेश सरकारले चाहेमा आफू विकास साझेदारहरुको बैठकको आयोजना गर्न तयार रहेको बताए ।

पछिल्ला वर्षहरुमा नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउँदै निर्देशक रिचर्डले खुशी व्यक्त गरे ।

भेटवार्तामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसी, समाजिक विकास मन्त्री दल रावल, भौतिक पूर्वाधार मन्त्री खडकवहादुर खत्री, पर्यटन मन्त्री शाही, वेलायती अन्तर्राष्ट्रिय विकास नियोग डीएफआईडीका नेपाल प्रमुख रुरिक मार्सडेन, सिमन लुकास लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?