१४ वैशाख, काठमाडौं । नबिल बैंकले आफ्नो नाफा ४.३१ प्रतिशतले वृद्धि गरेको छ । हालै मात्रै सार्वजनिक भएको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.३१ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
बैंकले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा २ अर्ब ७९ करोड ९३ लाख कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नबिल बैंकले २ अर्ब ६८ करोड नाफा कमाएको थियो ।
शुक्रबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा भने गत वर्षको तुलनामा केहि बढेको देखिन्छ । गत वर्ष ०.९७ प्रतिशत खराब कर्जा रहेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यो बढेर १.०७ प्रतिशत पुगेको छ ।
प्रभु बैंकको नाफा भने गत वर्षको तुलनामा यसपाली घटेको देखिन्छ । गत वर्षको चैत मसान्तसम्ममा १ अर्ब ४४ करोड मुनाफा कमाएकोमा यसपाली यस्तो नाफा ४०.०३ प्रतिशतले घटेर ८६ करोड ७१ लाखमा सिमित भएको छ ।
तर बैंकको निष्क्रिय कर्जाको कर्जाको अनुपात भने गत वर्षको तुलनामा घटेको देखिन्छ । गत वर्ष यस्तो कर्जा ४.१२ प्रतिशत रहेकोमा यसपाली ३.९० प्रतिशतमा सीमित भएको छ । केहि वर्ष अघि सम्म उच्च निष्क्रिय कर्जा रहेको यो बैंकमा पछिल्लो समय यस्तो कर्जाको अनुपात घट्दै गएको छ ।
सिभिल बैंकले भने आफ्नो नाफामा १ सय २६ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको चैत मसान्त सम्ममा १५ करोड कमाएकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा यस्तो नाफा ३५ करोड माथि पुगेको छ । साथै बैंकको खराब कर्जाको अनुपात पनि गत वर्षको तुलनामा ४.६६ प्रतिशतबाट घटेर ३.७४ प्रतिशतमा सीमित भएको छ ।
नेपाल बंगलादेश बैंकको नाफा भने १४.१८ प्रतिशतले घटेको छ । गत वर्ष चैत मसान्तसम्ममा ८२ करोड ७६ लाख मुनाफा कमाएकोमा समीक्षा अवधिमा यस्तो नाफा ७१ करोडमा सिमित भएको छ ।
तेस्रो त्रैमाससम्ममा बैंकहरुका नाफा विवरण
बैंक | गत आर्थिक वर्षको चैतसम्ममा बैकको मुनाफा (हजारमा) | चालु आर्थिक वर्षको चैतसम्ममा बैकको मुनाफा (हजारमा) |
---|---|---|
नेपाल इन्भेष्टमेन्ट बैंक | २३,७७,७०० | २८,३८,४४७ |
नेपाल बैंक | २५,१५,८५२ | २५,६७,७२८ |
एभेरष्ट बैंक | १५,२५,८८२ | १८,०३,४८१ |
हिमालय बैंक | १५,३५,१५१ | १६,११,८०२ |
स्टायण्डर्ड चार्टड बैंक | १०,६४,२८७ | १५,०९,६३६ |
ग्लोबल आइएमई बैंक | १४,७६,०७९ | १४,४४,७५२ |
एनएमबी बैंक | ११,४३,५८९ | १४,१०,०१५ |
नेपाल एसबआई बैंक | ११,०४,४०० | १३,७९,७८५ |
प्राइम बैंक | ८,८२,९६१ | १२,५८,५७५ |
सिद्धार्थ बैंक | ९,५७,०१४ | १२,२५,१९३ |
सानीमा बैंक | ९,४६,९१७ | १,२०,५६,८० |
सिटिजन्स बैंक | ८,८२,८५५ | १०,०९,८८६ |
सनराइज बैंक | ८,५७,९३१ | ९,४२,१२० |
बैंक अफ काठमाण्डु | ८,८६,७१२ | ९,३०,५७४ |
एनआइसी बैंक | ११,३८,४०१ | ९,२७,६३५ |
लक्ष्मी बैंक | ५,६९,०९९ | ८,०२,६३३ |
सेञ्चुरी बैंक | ३,१०,९४१ | ६,३०,०५० |
जनता बैंक | ३,८१,८९१ | ५,७५,७३३ |
नबिल बैंक | २६,८३,७४० | २७,९९,३५४ |
प्रभु बैंक | १४,४५,८६० | ८,६७,१२४ |
कुमारी बैंक | ३,७५,८९७ | ७,०५,६७६ |
सिभिल बैंक | १,५४,४४७ | ३,५०,०५४ |
माछापुच्छ्रे बैंक | १०,०५,१५२ | ८,१५,०९६ |
नेपाल बगलादेश बैंक | ७,१०,३४१ | ८,२७,६६८ |
प्रतिक्रिया 4