१४ वैशाख, बिराटनगर । साढे ३३ केजी सुन प्रकरणमा तानिएका ३ प्रहरी अधिकारीलाई प्रदेश नं. १ का निमित्त प्रहरी प्रमुख डिआईजी ज्ञानविक्रम शाहले सुटुक्क भेटेका छन् ।
प्रकरणमा मुछिएर प्रहरी हिरासतमा रहेका पूर्व डिआईजी मोहन निरौला, निलम्बित एसपी विकासराज खनाल र डिएसपी सञ्जयबहादुर राउतलाई भेटेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अरुणकुमार विसी नभएको अवस्थामा उनले उनीहरुसँग गोप्य भेट गरेको प्रहरी स्रोतले बतायो । यद्यपि, उनीहरुबीच के कुराकानी भयो भन्ने खुलाइएको छैन ।
प्रहरी हिरासतमा रहेका उनीहरुलाई प्रहरी प्रमुख विसीकै कार्यकक्षमा बोलाएर डिआईजी शाहले करिव आधा घण्टा कुराकानी गरेको थिए ।
डिआईजी शाहसँग यस विषयमा कुरा गर्न पटकपटक सम्पर्क गर्दा फोन लागे पनि उठेन । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता विष्णुहरी कोइरालाले भने डिआईजी शाहले भेटेको बिषयमा केही बताउन चाहेनन् ।
यो पनि पढ्नुस्
साढे ३३ केजी सुनकाण्ड : को हुन् ‘गोल्ड डन’ गोरे ?
साढे ३३ केजी सुन प्रकरणः पूर्वडीआईजी गोविन्द निरौला पक्राउ
साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार’
साढे ३३ केजी सुन प्रकरणः ‘फरार’ डिएसपीलार्इ पक्रन सर्कुलर जारी भएपछि सम्पर्कमा
एसपी खनाल र दुर्इ सईविरुद्ध संगठित अपराध र कर्तव्य ज्यान मुद्दा
सुन प्रकरणका नाइके गोरेविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी
प्रतिक्रिया 4