+
+

केही समयमै नेपालमा विमस्टेक सम्मेलन हुन्छः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १७ गते १२:२०

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को सम्मेलन केही समय भित्रै नेपालमै गर्ने प्रतिबद्धता जनाएका छन् ।

शिष्टाचार भेटका लागि बिहीबार बालुवाटार पुगेका विमस्टेकका महासचिब सहिदुल इस्लामसँग प्रधानमन्त्री ओलीले अल्पकालीन, मध्यकाली र दीर्घकालीन योजना बनाएर अघि बढ्नु पर्ने भन्दै विमस्टेकको सम्मेलन छिट्टै नेपालमा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकास र समृद्धिको माध्यमको बनाउनु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले विमस्टेकका बिगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले विमस्टेक नतिजामुखी हुनुपर्नेमा जोड दिए । ‘हामी आर्थिक सामाजिक विकासमा द्रुतगतिमा दौडनु पर्दछ । विमस्टेक यस प्रक्रियाप्रति प्रतिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्री ओलीले बंगालको खाडी वरिपरिका मुलुक भएकोले पानी जहाज सञ्चालन गर्नुपर्‍यो । जसको माध्यमबाट विमस्टेकका सदस्य राष्ट्रहरु एकआपसमा जोडिन थप सहज हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?